नेपालगंज उप-महानगरपालिका वडा नम्बर २ मा पनि स्वास्थ्यकर्मी सहित घरदैलो सुरु

नेपालगन्ज,नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ ले आजवाट होम आईसोलेसनमा बसेका कोभिड विरामीहरूको लागी कोभिड घरदैलो अभियान शुरू गरेको छ ।

अभियानको शुरू अभियानमा खटिने स्वास्थ्यकर्मीलाई १२ प्रकारका औषधि सहितको झोला हस्तान्तरण गर्दै नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापाले शुभारम्भ गर्नुभएको हो ।

उक्त कार्यक्रममा नेपालगंज उप-महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमाल,समाजसेवी एवं पानी अभियानका संयोजक ललित कुमार रौनियार लगायतको उपस्थिति रहेको थियो ।

वडाले ४ जना स्वास्थ्यकर्मी राखेर उक्त कोभिड अभियान संचालन गरेको हो । घरवारीटोलमा मेघा मल्ल,वागेश्वरी टोलमा सेर्निम लामा,बुद्दटोलमा सिता चौधरी,विकासनगर टोलमा विनिता केसीलाई खटाएको वडा अध्यक्ष हमालले जानकारी दिनुभयो ।

+ posts
Language »
%d bloggers like this: