बृद्ध भत्ताको रकम बचाएर मानवको लागी मानव अभियानलाई सहयोग

काठमाडौ । मानवका लागी मानव अभियानलेअत्यन्तै पीडित रहेका नागरिक हरुलाई भोकै बस्नु नपरोस् भन्ने उदेश्यले शुरु गरेको निशुल्क भोजनकार्यक्रमको लागि सहयोग आउने क्रम जारी छ ।

यो अभियान को सफलताको कामना गर्दै प्युठान घरभै हाल काठमाडौ माछा पोखरी बस्ने कृष्णादेबी खनालले आफ्नो बृद्धभत्ता बाट जम्मा गरेर राखेको रकमले १०कार्टुन पिउने पानी सहयोग गरेकि थिइन्।

जेष्ठ ३गते बाट शुरूवात भएको अभियानले बिशेष गरि अस्पतालमा बिरामी कुरुवाहरु , बाटो मा दिनरात ड्युटी गर्ने शुरक्षाकर्मी ,अत्यन्तै पिडामा परेका हरुलाई लक्षितगरेको बताएको छ ।

सामाजिक सेवामा लागेको थुप्रै संघ सस्था र मिडिया को समेत सकृय सहभागीता रहेको यश अभियानले निशुल्क भोजन को साथै भबिस्यमा अन्य कार्यक्रम पनि गर्ने जनाएको छ।

+ posts
Language »
%d bloggers like this: