नेपालगञ्जमा कोभिडका बिरामीलाई हिन्दु स्वयंसेवकसंघ नेपालले गरे दियो दुई महिनालाई खाना

नेपालगञ्ज , हिन्दु स्वयंसेवक संघ नेपालले कोरोना संक्रमितहरुलाई खाना वितरण सुरु गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका बाँकेको सहकार्यमा सेवा इन्टरनेशनल नेपालको सहयोगमा हिन्दु स्वयंसेवक संघ नेपालले खाना वितरण सुुुुरु गरेको हो ।


कृष्णा देवी पाण्डेको संयोजकत्वमा कोरोना संक्रमितहरुलाई आइतबार देखि खाना वितरण सुरु गरिएको छ । त्यसका लागि पाण्डेको संयोजकत्वमा समिति बनाएको छ। समितीले बिरामीको उपचार ब्यबस्थापनदेखि भोजनको प्रबन्ध गर्नेछ। समितिले नेपालगन्ज उप-महानगरपालिकाभित्र संचालित आइसोलेसनहरुमा भोजनको ब्यबस्थापन गर्ने छ ।


वाइट हाउस र नेपालगञ्जको नारी विकास केन्द्रमा रहेको आइसोलेशनमा दुई महिना सम्म बिहान र बेलुका खाना वितरण गरिने नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधीका (सदस्य),हिन्दु स्वयंसेवक संघ नेपाल संघका सदस्य तथा केक एण्ड बेकरीका संचालक अतुल गुप्ताले जानकारी दिनुभयो ।


उक्त वितरण कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेका सदस्य प्रशान्त बिका, विश्व जित तिवारी, करण वर्मा, विरेन्द्र शाह, परशुराम वर्मा र संघका सल्लाहकार विनोद रिजाल सहभाागीरहनु भएको थियो ।

+ posts
Language »
%d bloggers like this: