आइशोलेसन केन्द्रको लागि सामग्री हस्तान्तरण

झविलाल शर्मा

नेपालगंज ,खजुरा गाउँपालिकामा संचालित आइशोलेसन केन्द्रकोलागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरेको छ । गाँउपालिकाद्धारा संचालित आइसोलेनसलाई थप व्यवस्थीत गर्नको लागि पालिका संगको समन्वयमा उक्त स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीद्धारा युनिसेफको साझेदारीमा यस नेरेसो बाँके शाखामा संचालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य अन्र्तगत स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमद्धारा आइशोलसनको लागि आवश्यक पर्ने पानी फिल्टर मसिन, डष्टविन, स्वचालित सेनिटाइजर मसिन, थरमस, सेनिटाइजर, पानी तताउने भाडा, सोडिएम हाइपोक्लोराइड, वुट, सावुन, हारपीक, वु्रस, ग्लोव्स, सोलार लाइट, पिपिइ सेट मास्क लगायतका सामग्री करीव १ लाख ५० हजार वरावरको सामग्री हस्तान्तरण गरियो ।

खजुरा गाँउपालिका प्रमुख किस्मत कुमार कक्षापतिले नेपाल रेडक्रस सोसाइटीले विगतको पहिलो कोभिड चरण बाट गर्दै आएको सहयोग प्रति आभार व्यक्त गर्नु भयो । साथै आफुहरुले स्थानिय रेडक्रस संगको निकट रही विपद् व्यवस्थापनमा काम गर्दै आइरहेको समेत वचाउनु भयो ।नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धन सिंह सम्झनाले आफुहरुले नियमित रुपमा विभिन्न दातृनिकायहरु संग सहकार्य गरि समुदायको लागि आवश्यक सामग्री उपलव्ध गराउदै आइरहेको वताउनु भयो ।

खजुरा गाँउपालिकाले यस विषम परिस्थीतिमा समेग आइशोलेसन केन्द्र संचालन गरि गरेको कार्य प्रसन्सनिय भएको वताउनु भयो । साथै सभापति सम्झनाले अन्य पालिकाहरुमा पनि यस प्रकारको सहयोग उपलव्ध गराउने जानकारी गराउनु भयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा नेरेसो बाँकेका मन्त्री अजिज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेश वहादुर श्रीवास्तव, बाँके शाखाका वरिष्ठ जिल्ला शाखा अधिकृत दोलख वहादुर डाँगी, डिइओसीका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, वागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन नेरेसो बाँकेका कोभिड १९ का सम्पर्क व्यक्ति झविलाल शर्माले गर्नु भएको थियो ।

+ posts
Language »
%d bloggers like this: