एम्बुलेन्स खरिद गर्न अन्सारीले दिए पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपियाँ सहयोग


नेपालगन्ज,नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उहाँले एघार हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

May be an image of Abdul Wahid Ansari, standing, outerwear and suit

नेपालगन्जको औद्योगिक क्षेत्र भित्र रहेको हिमालय इंजीनियरिंग वर्कशॉप एंड ट्रेडर्सका संचालक समेत रहनुभएका अन्सारी नेपाल पत्रकार महासंघ बाँकेशाखाले संचालन गरिरहेको एम्बुलेन्स खरिद सहयोगार्थ आफुले सहयोग गरेको बताउनुभयो ।

No description available.


पत्रकार महासंघका शभचिन्तक अनसारीले संघको कार्यसमितिमा रहँदा पनि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँले उद्योगी व्यवसायीको हकअधिकारका लागि भरपूर्ण आवाज उठाउने गरेको यहाँका उद्योगी व्यवसायी बताउँछन् ।

+ posts
Language »
%d bloggers like this: