सनकको भरमा संसद भंग गर्नेलाई कसुर अनुसार कारबाही हुनुपर्छ : मोहम्मद इस्तियाक राई

नेपालगञ्ज, पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्वर २ का संघीय सांसद,जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले सनकको भरमा संसद विघटन गर्ने व्यक्तिलाई कसुर ठहर गरी कारवाही गर्नुपर्ने बताएका छन् ।


पहिलोपटक संविधान विघटन गर्दा सर्वोच्च अदालतले पुनःस्थापना गर्यो, दोस्रोपटक पनि त्यही संसदलाई विघटन गरे, एउटा व्यक्तिको सनकका कारण लोकतन्त्र र संविधानको अपमान भएको भन्दै उनले कसुरको माग गरेका हुन ।’

उनले प्रधानमन्त्री ओलीले पटक–पटक लोकतन्त्र र संविधानविपरीत कार्य गरेको आरोप लगाउँदै ओली कार्य क्षमा गर्न लायक व्यक्ति नभएको बताए । त्यसैले कसुर ठहर गरी ओलीलाई कारवाही गर्नुपर्ने नेता राईको भनाई थियो । सर्वोच्च अदालतले कानुनी राज्यको रक्षा गरेको भन्दै नेता राईले प्रतिगमनको पराजय, अग्रगमनको विजय भएको प्रतिकृया दिए ।


प्रतिगमनकारी शक्तिहरूको पराजय भएको हुनाले आजको दिनलाई इतिहासमा विशेष दिनको रुपमा सम्झिने उनले बताए ।

+ posts
Language »
%d bloggers like this: