जनता सामाजवादी पार्टी नेपाल बाँकेले राप्ती सोनारी गाउँपालिका स्तरिय समिति गठन

नेपालगन्ज ,जनता सामाजवादी पार्टी नेपाल बाँकेले राप्तीसोनारी गाउँपालिका स्तरिय समिति गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज हिक्मत बिकको प्रमुख आतिथ्यता तथा जय प्रकाश थारुको अध्यक्षतामा समिति गठन गरिएको हो ।

जय प्रकाश थारुको संयोजकत्वमा २५ सदस्यि समिति पालिका स्तरिय समिति गठन गरिएको छ । जस्को सहसंयोकमा छबि लाल बिक , सदस्यहरुमा देवीलाल थारु , उपेन्द्र बहादुर शाही , प्रेमलाल थारु , रामदीन थारु , लोक बहादुर बिक , श्यामलाल थारु , लगायत रहेका छन् । गाउँपालिका स्तरिय समितिले पार्टीलाई बलियो बनाउनका लागि बिभिन्न खाले भुमिका निबार्ह गर्ने जनता सामाजवादी पार्टी बाँके जिल्ला उपाध्यक्ष तथा क्षेत्र न १ का इन्चार्ज बुद्ध सुनारले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका र राप्ती सोनारी पाउँपालिकामा समिति गठन गरिसकेको र अब छिटै बाँकेका ८ वटै स्थानिय तहमा पार्टीलाई बैकल्पिक शक्तmीका रुपमा स्थापित गर्नका लागि समिति गठन गरिने समेत सुनारले जानकारी दिनुभयो ।

साथै समितिले पार्टीलाई सुदृढीकरण गर्नका लागि ३ महीने अभियान समेत सन्चालन गरेको छ । देशमा एउटा सशक्त राजनीतिक विकल्प निर्माणको महान अभियान जनता सामाजवादी पार्टीले थालेको े जिल्ला उपाध्यक्ष तथा क्षेत्र न १ का इन्चार्ज बुद्ध सुनारले बताउनुभयो ।

+ posts
Language »
%d bloggers like this: