भारतीय एसएसबीद्धारा स्मेक सहित ३ जना पक्राउ


नेपालगन्ज, भारतीय सुरक्षा बल एसएसवीले लागु औषध विरुद्धको अभियानलाई सशक्त पारेको छ । सीमाक्षेत्रमा लागु औषधको कारोवार बढेपछि त्यसलाई निष्तेज पार्न एसएसवीले तीब्र कडाइ गरेको हो ।


एसएसवी असिस्टेन्ट कमाण्डर सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको टोलीले विहीबारमात्रै ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध स्मेकसहित तीन जनालाई पक्राउ गरेको छ ।


सीमानाकामा रहेको एउटा सार्वजनिक शौचालयमा स्मेकको कारोवार गरिरहेका उनीहरु एसएसवीको फन्दामा परेका हुन् । पक्राउ पर्नेमा रुपैडिया घसियारन टोलका जुनेद, शेबु र कोहलपुरका रनबिरबहादुर सोनी रहेको एसएसवीले जनाएको छ ।
उनीहरुको साथबाट २४१ ग्राम स्मेक बरामद भएको छ ।


यसको अन्तराष्ट्रिय मूल्य भारु २ करोड बराबर रहेको एसएसवीको भनाइ छ । यसअघिपनि एसएसवी र रुपैडिया थानाको संयुक्त पहलमा प्रतिबन्धित स्मेक बरामद भएको थियो ।


एसएसवीले पक्राउ परेका तीन जनाको साथबाट ६९ हजार ५० रुपैयाँ नेपाली, भारु ५ हजार ५ सय ५० रुपैयाँ र तीनवटा विभिन्न कम्पनीका मोवाइल समेत बरामद गरेको छ । उक्त स्मेक नेपाल ल्याउने तयारी भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

+ posts
Language »
%d bloggers like this: