नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम हुँदै


नेपालगन्ज , कोरोना महामारीका कारण रक्त संचार सेवाहरुमा भएको रगत अभावलाई ध्यानमा राखी मंगलबार नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।


नेपालगन्ज जेसिज , नेपालगन्ज जेसिज जुनियर, आइअएमई लाइफ, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल मानव धर्म नेपालगन्ज, बास, बेटर बाँके, योगदान राष्ट्रको लागि जिल्ला समिती बाँके, कसौधन वैश्य समाज युवा मञ्च, लगायत संस्थाहरुको आयोजनामा मंगलबार जिल्लामा भएको रगत अभावको समस्यालाई ध्यानमा राखी बृहत रक्तदान कार्यक्रम गर्न लागिएको हो ।

No description available.


नेपालगन्जको वेस्टर्न मल, सुर्खेतरोडमा बिहान ७ बजे देखि सुरु हुने बृहत रक्तदान कार्यक्रममा सबैको उपस्तिथि रहन र बृहत् रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले सबैमा अपिल समेत गरेको छ । कसौधन वैश्य समज युवा मन्च, बाँकेका अध्यक्ष आदित्य कुमार गुप्ताले जानकारी दिनु भयो ।

+ posts
Language »
%d bloggers like this: