स्व गुप्तको जन्म जयन्ती मनाइदै


मंसूर अली

नेपालगञ्ज, प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त(चाचाजी)को भदौं २७ गते जन्मजयन्ती मनाइने भएको छ । प्रेस स्वतन्त्रता सेनानी स्व पन्नालाल गुप्त प्रतिष्ठानद्धारा गुप्तको ९३ औं जन्मजयन्ती मनाउन लागिएको हो ।

प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठानको शुक्रबार बसेको वैठकले जन्मजयन्तीमा श्रदाञ्जली सभासहितको कार्यक्रम गर्ने निर्णय गरेको हो ।


नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार गुप्तको ०७६ माघ १५ गते निधन भएको थियो । आइतबार दिउसो डीएसपी रोडस्थित म्याजेष्टिक पार्टी प्यालेसमा गरिने कार्यक्रममा स्व गुप्तको योगदान र व्यक्तित्व चर्चासहित श्रदाञ्जली अर्पण गरिने छ । यस्तै जन्मजयन्तीकै पुर्व सन्धयामा प्रतिष्ठानका तर्फबाट शनीबार निलसागर आश्रममा खाना पनि खुवाइदैछ ।

No description available.

जन्मजयन्ती र समृती दिवस मनाउदै आएको प्रतिष्ठानले स्व गुप्तको सम्मानमा रानी तलाउ नजीक चौक नामाकरणसहित शालीक स्थापनाको समेत माग गर्दै आएको छ । यस अघि अवधी पत्रकार संघ, नेपाल प्रेस युनियन बाके लगायत पत्रकारका संघ संगठनले पनि पन्नालाल चौक स्थापनाको माग गर्दै आएका छन् । यस अघि उहाँलाई नेपालगञ्जमा नागरिक अभिन्दन समेत गरिएको थियो ।

+ posts
Language »
%d bloggers like this: