प्रेस चौतारी बाँकेमा पदाधिकारी र सदस्य थपिए


मंसूर अली इद्रिशी

नेपालगञ्ज, नेकपा एमाले सम्वद्ध प्रेस चौतारी बाँकेले पार्टी एकताका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको सन्देश जानेगरी मंगलबार महत्वपूर्ण निर्णय गरेको छ । अध्यक्ष हेमन्त विकको अध्यक्षता र सचिव कमल डांगीको सञ्चालनमा भएको बैठकले चौतारीको उपाध्यक्षमा विनोद भट्टराईलाई चयन गरेकोछ ।

यसैगरी सदस्यहरुमा दिेनश ठाकुर, जावेद अहमद शाह, मुस्ताक अहमद जसगढ र जयपति ढकाललाई चयन गर्ने निर्णय गरेको छै ।
बैठकलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुनले प्रेस चौतारी एकतावद्ध नभएका कारण विगतमा पत्रकार महासंघको निर्वाचनमा परािजत भएको भन्दै यो बैठकको सन्देशले चौतारीलाई बाँकेमा सशक्त संगठनको रुपमा अघि बढाउने बताउनुभयो ।


पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य तथा प्रेस चौतारी बाँकेका पुर्ब अध्यक्ष समेत रहनुभएका हारुनले एकतावद्ध चौतारी नै सबै सदस्यहरुको शक्ति भएको बताउनुभयो ।


उहाँले एमालेभित्र देखिएको विवादका समयमा लिएको पक्षधरतालाई लिएर कुनैपनि सदस्यहरुमाथी अन्याय हुन नदिने बताउनुभयो । सो अवसरमा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, प्रेस चौतारीका केन्द्रीय सदस्य रुद्र सुवेदी, भेषराज बस्नेत र गोविन्द शर्माले एकतामामै संगठनको बल रहेको बताउनुभयो ।

+ posts
Language »
%d bloggers like this: