मानवबेचविखन रोक्न नेपालगन्ज वडा नम्बर २ मा अन्तरपुस्ता सम्वाद सम्पन्न


मंसूर अली इद्रिशी

नेपालगन्ज,बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्ज उपमहानगर वडा नम्बर २ मा शनिवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उप-महानगरपालिकाको वडा नम्बर २ मा सो कार्यक्रम आयोजना गरिएको हो ।


मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको एक आपसमा आदानप्रदान गरी साझा बुझाई कायम गरेर मानवबेचविखन विरुद्ध सेचतना बढाउन सो सम्वादको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमालले कार्यक्रमको अध्यक्षता गर्दै वडा तहमा आयोजना गरिएको यो सम्वादले मानव बेचबिखन, बालबालिका र युवाहरुका सरोकार तथा उनिहरुका समस्याहरुका बारेमा साझा धारणा बनाउन सहयोग गरेको बताउनुभयो ।

No description available.


कार्यक्रममा सहजकर्ताको भूमिका आशिष बर्माले गर्नु भएको प्रोटेक्ट परियोजनाका संयोजक महेश नेपालीले बताउनुभयो । कार्यक्रममा वडा नम्बर २ का वडा सदस्यहरु आशा विष्ट र ध्रुव प्रसाद दाहाल, वडाका स्वास्थ्य प्रमुख कृष्ण बहादुर केसी, विद्यालयका प्रधानाध्यापक ललिता उपाध्याय, प्रहरी सेवा केन्द्र वडा नम्बर २ का प्रमुख प्रसनि दिलसरा राना, जिल्ला युवा क्लब संजालका सदस्य अनुप बर्मा, परियोजनाका फिल्ड सुपरवाइजर शंकर सिंह थारु लगायतको सहभागिता रहेको थियो ।

No description available.


सो कार्यक्रममा आमा समुह, बाल क्लब, युवा क्लब, परिवर्तनका संवाहक अभियन्ताहरु र किशोर किशोरी क्लबका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । सो संवाद कार्यक्रममा मानवबेचबिखन नियन्त्रण र रोकथामका लागि सबैभदा पहिले बालबालिकालाई त्यसपछि युवति र किशोरीहरुलाई बेला बेलामा सचेत पार्नु पर्ने कुरामा विशेष जोड दिईएको थियो ।

+ posts
Language »
%d bloggers like this: