निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा इलेक्ट्रिकल एसोसिएसनको सातौं वार्षिक साधारणसभा सम्पन्न


नेपालगञ्ज, नेपालगञ्ज इलेक्ट्रिकल एसोसिएसन बाँकेको सातौं वार्षिक साधारणसभा एंव चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । नेपालगञ्ज इलेक्ट्रिकल एसोसिएसनका अध्यक्ष शिवराज रिजालको अध्यक्षता तथा नेपाल बिद्युतिय व्यवासायी महासंघका केन्द्रिय अध्यक्ष सुदर्शन प्रसाद पौडेलको प्रमुख आथित्यमा साधरणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति पौडेलले कोरोना महामारीका कारण हरेक क्षेत्र प्रभावित भएजस्तै विद्युतिय व्यापारी पनि प्रभावित भएको बताउनुभयो ।


उहाँले विद्युतिय व्यापारीको समस्या, समाधान र त्यसको सम्वोधनका लागि आफुहरु प्रतिबद्धत रहेको पनि बताउनुभयो ।
महासंघका प्रथम उपाध्यक्ष रेशम देवकोटाले विद्युतिय व्यापारीका ऐन नियममा समस्या रहेको भन्दै त्यसलाई फुकाउन जरुरी रहेको बताउनुभयो ।


उहाँले नीतिगत समस्या समाधानको आफुहरु सरकारसँग लागि परेको बताउनुभयो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना ) ले विद्युतिय व्यापारीको लागि संघ सधै साथमा रहेको बताउनुभयो । कार्यक्रममा सचिव दामोदर सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा इलेक्ट्रिकल एशोसिएसनका महासचिव चिरञ्जीवि वली, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष कमलप्रसाद पौडेल, रुपन्देही विद्युतिय व्यवासयी संघका अध्यक्ष हरिहर ज्ञवाली, पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारीलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा मायाको चिनो समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रम संचालन ओबिराज आचार्यले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »