निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

बालअधिकार समितिलाई गुनासो सुनुवाई सयन्त्र बारे अभिमुखिकरण


मंसूर अली इद्रिशी
नेपालगञ्ज, बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा स्थानीय बालअधिकार समितिका लागि क्षमता विकास अभिमुखिकरण गरेको छ ।


क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत सो अभिमुखिकरण सम्पन्न गरेको हो ।
अभिमुखिकरणको उदघाटन गर्दै वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बाल संरक्षणका लागि बालअधिकार समितिको भूमिका महत्वपुर्ण हुने हुँदा समितिको क्षमता विकास आवश्यक भएको बताउनुभयो ।
वडा नम्बर १२ का बाल संरक्षण समितिका अध्यक्ष रामु चिडिमारले बालअधिकार र बाल संरक्षणमा जुटेको समितिलाई सो बारेमा सबै विषयको जानकारी हुनु पर्ने हुँदा यस्ता तालिम र अभिमुखिकरणले ठुलो सहयोग गर्ने बताउनुभयो ।

No description available.


सो अभिमुखिकरणको सहजीकरण गर्दै सहजकर्ता विश्व शिक्षाका तुल बहादुर बानियाले गुनासो सुनुवाई सयन्त्रका बारेमा विस्तृत रुपमा जानकारी गराउँदै गुनासो सुनुवाई कार्यविधि निर्माण पक्रिया र निर्देशिका निर्माण प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभयो ।


उहाँले गुनासो सुनुवाई निर्देशिका मस्यौदा समितिका लक्ष्य र उदेश्यका बारेमा पनि सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । सो अवसरमा वडा नम्बर १२ का वडा सदस्यहरु दिनेशराज पन्त, चन्दा चिडिमार र फुलमति लोहार, वडा सचिव केदार प्रसाद अधिकारी, आमा समुहका अध्यक्ष इता शर्मा, मेलमिलाप समुहका अध्यक्ष हरिबाबु घिमिरे, बाल्मिकी प्राविका प्रधानाध्यापक सुशिला शाह, बाँके युनेस्को क्लबका कार्यसमिति सदस्यहरु फिरदौस जहाँ र साहिल अन्सारी, परियोजनाका सामाजिक कार्यकर्ता गुलाम गौस र मनिषा पाण्डे तथा समाजसेवी जनकराम भण्डारी लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा विश्व शिक्षाका समिम अख्तर र नविन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने मस्यौदा तयार गर्नका लागि जिम्मेवारी बाडफाड गरेर समापन गरिएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »