नेपालगञ्जमा राजस्व प्रशासनमा भन्सार सुधारका केही पक्षहरु : एक विवेचना

facebook sharing button
twitter sharing button
sharethis sharing button

नेपालगञ्ज , मैले राजस्व प्रशासनको सेवामा पच्चीस वर्ष देखि नै निरन्तर भोगेका अनुभव र अनुभूति तथा अध्ययन गरेका Literature का आधारमा यी विचारहरु विनम्रतापूर्वक पस्कने चेष्टा गरेको छु । यी विचारहरु नितान्त निजात्मक हुँदाहुदै पनि इमान्दार प्रयास र प्रतिवद्धताका साथ कार्यान्वयन गर्न सकिए थोरै भए पनि भन्सार प्रशासनमा गुणात्मक परिर्वतन सम्भव छ भन्ने मेरो दृष्टिकोण हो ।        

  (क) प्रशासनिक सुधार :–
  १. राजस्व प्रशासन खास गरी भन्सार प्रशासन अर्ध–प्राविधिक -Semi technical) क्षेत्र भएकोले   यहाँ खटिने जनशक्तिको छनौट गर्दा खास खास विषयमा अध्ययन गरेको (जस्तै– अर्थशास्त्र, वाणिज्यशास्त्र र जनप्रशासनको सार्वजनिक वित्त व्यवस्थापन विषय ) र त्यस क्षेत्रमा विशेषज्ञता हासिल गरेका उम्दा जनशक्तिको खाँचो पर्दछ । 
 २. कार्यक्षेत्रमा  प्रवेश गरिसकेपछि सरुवा , वढुवा हुन Academic Qualification नभई राजस्व प्रशासन ÷भन्सार प्रशासनका विविध क्षेत्रमा कार्य गर्दा देखिने कार्यसम्पादन नै प्रमुख तत्व बन्नु पर्दछ नकि कार्यक्षमता ।
‘कार्यक्षमता’ ले सम्भावित कार्य सम्पन्न गर्ने सक्षमतालाई देखाउँछ भने ‘कार्यसम्पादन’ ले वास्तविक सम्पन्न भएको कार्यको बोध गराउँछ ।    
   जस्तो ;
(अ) अमूक कार्यालयको जिम्मेवारी सम्हाल्दा वेरुजू वेमाख गर्न वा निमिट्यान्न पार्न के प्रयास गरेको थियो, परिणाम के निस्कियो ?
(आ) राजस्व असूलीमा पु¥याएको योगदान–त्यो भनेको निर्दिष्ट लक्ष्य हासिल भए÷नभएको एवं यस पूर्व सोही कार्यालयको अर्कै नेतृत्व  हुँदा कुन ढङ्गले राजस्व असुली गरेको थियो, हासिल गर्न सकेको थियो÷थिएन ?
 (इ) राजस्व चुहावट नियन्त्रण गर्न जिल्ला स्थित कार्यालयहरु वीच सहकार्य र समन्वय कस्तो  थियो ?परिणाम के कस्तो हासिल भयो ?
(ई) कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली , नेतृत्वशैली,उत्प्रेरणाको अवस्था कस्तो थियो आदी ?

 (उ) कार्यालयमा रहेर कार्य सम्पादन गर्दा देखाउने उच्च नैतिक चरित्र , सामाजिक छवि ,  इमानदारिता , पारदर्शिता , कर्तव्यनिष्ठता आदि  ।
* परन्तु , कार्य सम्पादनको वस्तुगत र मापनीय आधार भने तयार हुनुपर्दछ ।
*  कार्यालय प्रमुख र मातहतका कर्मचारीहरुको कार्य सम्पादनका आधारहरु र कार्य व्यवहारहरु    फरक हुन सक्छन ।
जस्तै, भन्सार अधिकृत र जाँचकीहरुले मालवस्तुको जाँचपास गर्दा प्रर्दशन गर्ने शुद्घता र इमान्दारिता प्रमुख तत्व हुन सक्छ । त्यसै गरी विभिन्न शाखामा रहेर कार्य सम्पादन गर्दा देखिने उत्कृष्टता र इमानदारिता अर्को तत्व हुन सक्छ ।

३. सरुवा/वढुवाको अर्को आधार भनेको–कार्य सम्पादन सम्झौताको कार्यान्वयन अवस्था हो । र सरुवा भई जाने कार्यालयको कार्य सम्पादन उच्चकोटिको बनाई राख्ने कार्य योजना 
 -Action – plan_ के छ भन्ने पनि हो ।
त्यसैले हामी साँच्चै नै नवीन प्रशासनिक पद्घतिमा पदार्पण गर्ने हो भने performance based evaluation मा जानै पर्छ ।

(ख) संगठनात्मक सुधार :–

(१) राजस्व समूहमा रा.प. द्घितीय श्रेणी (उपसचिव) भन्दा माथिको पदको कुनै प्रबन्ध छैन । महानिर्देशक र उप महानिर्देशक समेत राजस्व समूहका पदाधिकारी होइनन् । यसले राजस्व समूहमा अपनत्व स्वीकार गर्ने नेतृत्वको संकट सिर्जना गरेको छ । बारम्बार समूह भित्र/वाहिरको चक्करमा  bureaucracy रुमलिएको छ ।
त्यसैले छुट्टै  राजस्व समूह हैन बरु छुट्टै राजस्व सेवा गठन गर्न ढिला गर्नु हुदैन । यसमा रा.प. प्रथम श्रेणीलाई पनि आवद्ध गरिनु पर्छ । नव गठित यो सेवाको वृति मार्ग  -Career path_ स्पष्ट हुने गरी सचिव (राजस्व) लाई समेत यसैमा समाहित गरिनु उपयुक्त हुन्छ । 

(२) आजको विशिष्टिकरणको युगमा राजस्व सेवा÷समूह भित्र उपसमूह खडा हुनु उपयुक्त हुन्छ । जस्तो यदाकदा आन्तरिक राजस्व कार्यालयहरुमा लामो समय सेवा गरेका जनशक्ति भन्सार प्रवेशमा गर्ने लालशको सदा नै अन्त्य  हुनेछ भने कर प्रशासन भित्रै रहेर राम्रो सेवा दिन सक्ने गुन्जायस रहन्छ । यो विर्सनु हुदैन कि कर प्रशासन र भन्सार प्रशासनको कार्य तौरतरिकामा धेरै अन्तर छ ।

(३) भन्सार कार्यालयहरुमा मुद्घा , वेरुजु् , गेट शाखा जस्ता महत्वपूर्ण र संवेदनशील शाखाहरुलाई थप क्रियाशील बनाई शिथिल हुनबाट जोगाउन Functional organization को मर्म अनुसार नै काम हुनुपर्ने व्यवहारतः आवश्यक छ । 
कार्यालयका सबै जसो कर्मचारीहरु मालवस्तुको जाँचपासमा मात्र संलग्न/आवद्ध रहदाँ सिङ्गो संगठनात्मक लक्ष्य प्राप्तिमा कठिनाई भईरहेको छ । भन्सार अधिकृतहरुले नेतृत्व गर्ने गरी आलोपालो यी शाखाहरुको जिम्मेवारी दिन ढिला गर्नु हुदैन ।

(४) भन्सार मूल्यांकन वस्तुको मूल्य निर्धारण गर्ने प्रक्रिया भएकोले वस्तुतः यो प्राविधिक विषय पनि हो । भन्सार मूल्यांकन राजस्व जोखिमको दृष्टिले संवेदनशील क्षेत्र पनि हो । न्यून विजकीकरण भए न्यून राजस्व प्राप्ति भई अन्तत; राजस्व परिचालनमा असर पर्दछ । त्यस्तै अधिक विजकीकरण भएमा ऋबउष्तब िँष्निजत  हुन जान्छ ।
यस्तो संवेदनशील क्षेत्र भएकोले जसरी अख्तियारमा (अदुअआ) ‘सम्पत्ति विज्ञ’ को पद सिर्जना गरी सम्पत्तिको मूल्यांकन गर्ने चलन छ, त्यसरी नै मुलुकका महत्वपूर्ण भन्सार कार्यालयहरुमा एक अधिकृत स्तरको ‘मूल्यांकन विज्ञ’ को पद सिर्जना गरी पदस्थापना हुनु श्रेयस्कर हुनेछ ।

(५) लामो समय देखि प्रयोगमा नआएका कमजोर पूर्वाधार भएका छोटी भन्सार कार्यालयहरुलाई अविलम्व खारेजीमा लैजानु उपयुक्त हुन्छ ।

(ग) नीतिगत सुधार :–यद्यपि सुधार कहिल्यै नटुङ्गिने विषय भए पनि सुधारको विकल्प खोज्नु हुदैन । सुधारको विकल्प भनेको झन अझ वढी सुधार ने हो । भन्सार , राजस्व असूली गर्ने अड्डा मात्र होइन ; बरु यो त अन्तराष्ट्रिय व्यापारको थलो पनि हो । त्यसैले यो जटिल , संवेदनशील र महत्वपूर्ण प्रशासनिक निकाय पनि भएकोले  यसभित्र भएका समस्याहरुका हल केही थोरै फरक ढङ्गले र समग्रमा निजामती सेवाकै अङ्ग भएकोले धेरै हदसम्म निजामती सेवाको परिधिभित्र रही समाधान खोज्नु बुद्धिमता हुनेछ । 

(१)  छनौट प्रणालीमा पुनरावलोकन हुनुपर्ने :– Talent Hunt गर्ने , विश्वविद्यालयका उत्कृष्ट 
(अर्थ शास्त्र, जनप्रशासन र वाणिज्य शास्त्र) विद्यार्थीहरुलाई आकर्षित गर्ने एवं विशिष्ट श्रेणी प्राप्तगर्ने मध्ये सिधै लिन सक्ने कानूनी प्रबन्ध मिलाउनु उपयुक्त हुन्छ ।

(२) छुटै राजस्व संहिता तयार गरी लागु गरिनु पर्छ । 
 * कामको आधारमा
 * निजामती कर्मचारीको आचारण सम्वन्धी नियमावली २०७८ को अधीनमा रही राजस्व समूहका  कर्मचारीको छुट्टै आचरण सम्बन्धी वादोवस्त गरी कडाईका साथ  लागु हुनु उपयुक्त हुन्छ ।

(३)  Incentive Plan तयार गरी लागु गरिनु पर्छ ।
* कार्यालय समयको अतिरिक्त काम गर्नु गर्ने , राजस्व असूली जस्तो जटिल कार्य सम्पादन गर्ने ।
* राष्ट्रसेवक कर्मचारीहरुलाई क्रियाशील र उत्प्रेरित गर्न नि.से. ऐन/नियमले परिकल्पना गरेको छुट्टै कार्यासम्पादनमा आधारित प्रोत्साहन व्यवस्था आवश्यक छ ।

(४) कार्य सम्पादन सम्झौता गरी पदस्थापना वा सरुवा गर्नु गर्ने एवं सो को कार्यान्वयनको अवस्था हेरी पुरस्कार र दण्डको भागीदार वन्नु/वनाउनु पर्ने प्रणालीको स्थापना ।

(५) नि.से. ऐनको दफा २४ (१) मा व्यवस्थित कार्यक्षमताको आधारमा वढुवा हुने प्रावधान उल्ट्याएर कार्यसम्पादनमा आधारित वढुवामा रुपान्तरण गरिनुपर्ने ।

(६) सेवागा्रही प्रति मर्यादित व्यवहार गर्ने, कार्यालयमा शिष्ट व्यवहार , निष्पक्ष, छिटो÷छरितो रुपमा कार्यसम्पादन गर्ने विषय आचरणको विषयवस्तु बन्नुपर्ने आदि । 


                                                          जय बहादुर भण्डारी 
                                                          प्रमुख भन्सार अधिकृत 
                                                    नेपालगञ्ज भन्सार कार्यालय
                                                              बाँके 

+ posts
Language »
%d bloggers like this: