रचना रिमाल र आर्यन तामाङको आवाजमा छेडुप मोक्तानको शब्द संगीत, “सुन्छु अरे” सार्वजनिक

गायक तथा संगीतकार छेडुप मोक्तानको शब्द/संगीतमा “सुन्छु अरे” बोलको गीत सार्वजनिक भएको छ । गीतमा “द भ्वाइस अफ नेपाल सिजन-३” का प्रतिस्पर्धी आर्यन तामाङ र नेपाल आइडल-३ बाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी गायिका रचना रिमालको सुमधुर आवाज सुन्न सकिन्छ । फणीन्द्र राईको संगीत संयोजन रहेको यस गीतलाई दिपेश प्रधानले ध्वनि सम्पादन गरेका हुन् भने यस गीतका निर्माता निर्दोष मोक्तान हुन् ।

गीतको भिडियोमा किरण श्रेष्ठ र गरिमा शर्माको अभिनय तथा नृत्य देख्न सकिन्छ । बुद्ध थापाको छायांकन रहेको यस गीतमा निकेश खड्काको निर्देशन रहेको छ । यस गीतको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने सुबोध थापाले नृत्य निर्देशन गरेका हुन् । गीतलाई रचना रिमालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

+ posts
Language »
%d bloggers like this: