निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

शाहरुख खानका छोरा आर्यन खान कारागारमा

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका छन् । ७ अक्टोबर उनले एनसीबीको कार्यालयमा नै बिताए । यसका साथै अन्य ८ आरोपी पनि एनसीबीको कार्यालयमा उपस्थित रहे । आर्यन खानलाई जेल लिएर जाँदै गरेका केही तस्बिर भारतीय सञ्चार माध्यम आजतकले सार्वजनिक गरेको छ ।

आर्यन खानको जमानतको केसको सुनुवाई चलिरहेको छ । आर्यन खान र अन्य ८ आरोपी पनि न्यायिक हिरासतमा छन् । त्यसैले उनीहरुलाई एनसीबीद्वारा जेल लगिएको हो । आजको दिन उनका लागि निकै महत्वपूर्ण राख्छ । आर्यन खानले आज जमानत पाउलान् वा जेल जालान् यसबारे चाँडै नै निर्णय हुनेछ । आर्यन खान र अन्य ८ आरोपीको जमानतको याचिकामाथि हाल सुनुवाई चलिरहेको छ तर यसअघि नै एनसीबी एक्सनमा आएको छ र उनले आर्यन खानसमेत सबै ८ आरोपीलाई जेल लिएर जाँदै छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »