निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

केपी ओलीलाई माधव नेपालको चुनौतीःउखान टुक्काकाे खेती गरेर चुनाव जित्न सक्दैन

काठमाडौँ । नेकपा (एकिकृत समाजवादी) पार्टीको अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले काभ्रे जिल्लाको बनेपामा रहेको पार्टी कार्यलय उद्घाटन गरी शुभकामना कार्यक्रमलाई सम्बोधनको क्रममा नेकपा (एमाले)को अध्यक्ष केपी ओलीलाई उखान टुक्काको खेती गरेर मात्र देश चल्न नसक्ने र अाउदाै चुनावमा जित हाँसिल गर्न नसक्ने बताउनु भएको छ ।

जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान(प्रदान गर्न शनिबार बनेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपालले केपी ओली सुध्रिएलान् भन्ने आशा भने नगरेको बताए । उहाँ भन्नु हुन्छ । “अहिले पनि केपी ओलीले माफी माग्छन् भने, गल्ती गरेको कुरा स्वीकार्छन् भने, आफ्नो कुर्सी बचाउन प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठान्छन् भने, पार्टीभित्र गलत तरिका अपनाएँ भन्ने मान्छन् भने, चालेका कतिपय काम गलत भएको मान्छन् भने, देशलाई राम्रोसँग हाक्न सकिएन, भ्रष्टाचारमा सरकार चुर्लुम्म डुब्यो, त्यसको जिम्मेवारी मेरो हो भन्ने स्वीकार्छन् भने त्यसपछि नयाँ ढंगले सोच्न सकिएला तर, केपी ओली सुध्रिएलान् भन्ने मान्छे कसैले आशा गरेका छैनन् ।”

एमालेमा ओलीले दास र ुएसम्यानु मात्रै खोजी गरेको भन्दै आफू र समूहले साहस गरेर विद्रोह गरेको बताउनु भयो । “धेरैलाई लागेको थिएन संसद्‌मा हामी शक्तिको रुपमा उदाउने छौं, धेरैले कानुनी मान्यता पाउने सोचेको थिएनन्, ओलीको निकै ठूलो दबाब परेको थियो, तर त्यो कसैले टेरेनन्,अहिले प्रत्येक भाषणमा अदालत, कानुन व्यवसायीको मानमर्दन गरेको पाउनुहुन्छ, मिडिया, नागरिक समाजका मान्छेको हुर्मत लिएको पाउनुहुन्छ, निर्वाचन आयोगदेखि प्रतिनिधिसभाका सभामुखविरुद्ध विषबमन गरेको देख्नुहुन्छ, संसद्‌मा तमासा तमासा तमासा गर्दै नारा लगाइरहेको देख्नुहुन्छ, यी सबै केपी ओलीको तमासा, पराजित मानसिकताको उपजमात्रै हो । त्यसकारणले भाषणमा उखान टुक्का जोडेर मात्र देश र पार्टी संचालन गर्न सकिदैन ।”

पूर्वप्रधानमन्त्री नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । “संसारमा जुनसुकै ठूला ओहोदाको व्यक्ति होस्, भ्रष्टाचारको छानबिन, कारबाही हुन्छ तर अघिल्लो सरकारको पालामा यति होल्डिङस्‌माथि छानबिन भएन, झापाको चिया बगान, ओम्नी , हवाइजहाज, औषधि खरिद प्रकरणमा छानबिन भएन, बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भएको छ, यो सरकारले त्यसको एक एक छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउँछु ।”

वाग्मती र प्रदेश नं १ मा छिट्टै आफ्नो नेतृत्वसहितको सरकार बन्ने भन्दै उनले अन्य प्रदेशमा पनि आफ्नो पार्टीले सम्मानजनक हैसियत बनाएको दाबी गरे । पालिका तहसम्म ५ दलीय गठबन्धन जाने भन्दै उनले घटकहरुसँग सम्बन्ध कायम गर्न, संगठन र निर्वाचनको तयारी गर्न निर्देशन दिए ।

गोदावरीमा सम्पन्न एमाले विधान सम्मेलनलाई ‘तमासा’को संज्ञा दिँदै उनले खसीबोका, कुखुराको भतेर मात्रै लागेको र विधानको ‘ब’उच्चारणसमेत नभएको आरोप लगाए । आफूलाई पुष्पलालको उत्तराधिकारी दाबी गर्दै उनले कम्युनिष्ट पार्टीमा व्यक्तिभन्दा नीति र विचारप्रधान हुने तर्क गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, पूर्वसांसद शिवबहादुर देउजा, कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्य, माओवादी केन्द्रका तेजबहादुर मिजार, क्रान्तिकारी ९माओवादी०का कान्छाराम तामाङ, एकीकृत समाजवादी जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, जिल्ला उपाध्यक्ष रहेका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईं, वाग्मती प्रदेश कमिटी सदस्य कमला अधिकारीलगायतले प्रतिगमनका विरुद्ध एक ठाउँमा उभिनुपर्ने बताए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »