सिन्धु माओवादी केन्द्रको शुभकामना आदान प्रदान,चियापन तथा युवा भेला सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोक बाट काठमाडों आई बिभिन्न पेशा, ब्यबसाय, मजदुरी तथा अध्ययनमा रहेका माओवादी केन्द्रका संगठित सदस्य ,साधारण सदस्य समर्थकहरुलाई नियमित पार्टी सम्पर्कमाराखि संगठनको काममा परिचालन गर्न गठन गरीएको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा आउँदै गरेको बडादशैं ,तिहार , नेपाल संवत ११४२ र छठको उपलक्ष्यमा शुभकामना आदान प्रदान,चियापन तथा युवा भेला कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा माओवादीका नेता तथा नेपाल सरकारका अर्थ मन्त्री माननिय जनार्दन शर्मा प्रभाकर को प्रमुख आतिथ्य र सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष ठुलो बाबु श्रेष्ठको शभापतित्वमा भएको कार्यक्रममा पार्टीका सम्पर्क समन्वय समिति फ्याक्सन ईन्चार्ज,सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज कृष्ण प्रसाद सापकोटा (देशबन्धु),युवा फ्याक्सन ईन्चार्ज राम प्रसाद सापकोटा (दिपशिखा), र सिन्धुपाल्चोक जिल्लाका युवा नेताहरु प्रदेश शभा सदस्य तथा पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलाल (शरद), माधव सापकोटा,सरल सहयात्री,चन्द्र बहादुर थापा (किशोर),अमृता नेपाल,कल्पना न्यौपाने लगाएत दर्जनौ नेता तथा पाँच सय भन्दा बढी संगठित सदस्य र शुभचिन्तक हरुको उपस्थिति रहेको थियो
कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रभाकरले अब पार्टीलाई जबरजस्त २०६४ भन्दा अगाडीको लयमा फर्काउनुको बिकल्प नरहेको ले यसकालागि पार्टी केन्द्र नेतृत्व र कार्यकर्ता पंतिबाट यस अगाडीगरेका केहि भुल र गल्तिहरुलाई सच्याउँदै , आम जनतामा गएर माफि मागेर भएपनि अगाढी बढ्नु पर्ने बताउनु भयो । अहिले पार्टीकै निर्देशनमा आफु सरकारमा सहभागि भएकोले पार्टीको निति बिपरित कुनैपनि कार्य नगर्ने समेत प्रतिबद्धता जाहेर गर्नु भयो । पार्टीले अर्थ मन्त्रालयको जिम्बेवारी पाउनासाथ परिवर्तनको लागि भएका आन्दोलनका घाइते तथा सहिद परिवारलाई लक्षित गरेर सानै भएपनि बजेट मार्फत सम्बोधन गरीएको उहाँले बताउनु भयो । कुनैपनि हालतमा पार्टीले आम नेता कार्यकर्तालाई उत्पादनमा जोडेर समाजबादी मोडल तयार गर्दै जानु पर्ने उहाँको जोड थियो ।
कार्यक्रममा युवा फ्याक्सन ईन्चार्ज दिपशिखाले अब बन्ने वाईसिएलको संगठन हिजोको जस्तो नभएर स्मार्ट वाईसिएल बनाउने तिर युवाहरुको ध्यान जानुपर्ने बताउनु भयो ।
कार्यक्रमका सबै बक्ताहरुले आउँदै गरेको दशैं,तिहार,छठ,नेपाल संवत ११४२ लगाएत चाडहरुको शुभकामना समेत आदान प्रदान गर्नु भएको थियो ।
शभापतिको आसन ग्रहण गर्ने क्रममै कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष ठुलो बाबु श्रेष्ठले “माक्र्सवाद,लेनिनवाद र माओवादी मार्ग दर्शक सिदान्तकाट अगाडी बढेको पार्टी १० बर्षको महान जनयूद्ध बिभिन्न समयमा चलेका शसस्त्र आन्दोलन,ऐतिहासिक संयुक्त जनआन्दोलन एवं बिभिन्न जातिय, क्ष्ेत्रिय आन्दोलनहरुको जगमा प्राप्त भएको संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा र बिकास गर्दै समाजवादी यात्रा तय गर्नु आजको आवस्यकता महसुस भएको छ । माओवादीले जनयूद्धमा होमिनु भन्दा अगाडि देखिनै उठाई रहेको नाराहरु धर्मनिरपेक्षता, राज्यको हरेक अंगमा समाबेसि र समानुपातिक प्रतिनिधित्व संघियता ,भुमि सम्बन्धि समस्याको वैज्ञानिक समाधान ,मजदुर किसानहरुको समस्याको समाधान , जनजिबिका सम्बन्धि बिषयहरुमा जनयूद्ध मार्फत अगाडी बढ्ने क्रममा हिजो हाम्रो पार्टीका आदरणिय नेताहरुको टाउकोको मुल्य तोकेर राज्य सत्ताको ब्यपार गर्नेहरु आज हाम्रो प्रतिस्पर्धि भएर निस्किएका छन् । हिजो माओवादी आयो भन्दा दुलो भित्र लुक्नेहरु ,माओवादीलाई सकाउनु पर्छ भन्दै सुराकि गर्ने सामन्त दलालहरु ऋाज फेरी हामिसंग जोरी खोज्न थालेका छन् । त्यस्ता तत्वहरु हमि बिरुद्ध आईलाग्छन भने हामि पनि जाईलाग्न तयारहुने बेला आएकोछ” भन्नु भयो ।
कार्यक्रम सन्चालन सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज टि एन सापकोटाले गर्नु भएको थियो ।

+ posts
Language »
%d bloggers like this: