उपत्यकाको समस्या समाधान गर्न मन्त्री श्रेष्ठ सकारात्मक


काठमाडौं । नेपाली काँग्रेस गठबन्धन सरकारका घटक जसपाको भागबण्डामा परेका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननिय राजेन्द्र कुमार श्रेष्ठ ले उपत्यकामा देखिएका बिभिन्न समस्याहरुको समाधानकोलागि आफुले आजैबाट पहल शुरुगर्ने बताउनुभएको छ ।


उपत्यका सडक बिस्तार पिडित संघर्ष समिति बालाजु वाईपास क्षेत्रका पिडित तथा जसपाका स्थानिय नेता कार्यकर्तासंगको भेटघाटको क्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनु भएको हो ।


उपत्यका सडक बिस्तार पिडित संघर्ष समिति बालाजु वाईपासका संयोजक महेश्वर मानन्धर लगाएतका पिडितहरु मन्त्री श्रेष्ठलाई शुभकामना तथा बधाई दिन उहाँको निजि निवासमै पुग्नु भएको थियो ।


मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन जसपा टोखा नगर संयोजक तथा काठमाडोैं जिल्ला सदस्य मुकुन्द सिलवाल लगायतको युवाहरुको टोलि पनि उहाँको निजि निवास पुगेको थियो ।


बधाई तथा शुभकामना दिन आउने सबैलाई संयुक्त रुपमा संबोधन गर्दै मन्त्री श्रेष्ठले अघिल्लो सरकारले गरेका सबै अन्यायपुर्ण निर्णयहरुको पुनारावलोकन गर्न र सच्याएर अगाडी बढ्न आफु तयार रहेको बताउनु भयो ।

+ posts
Language »
%d bloggers like this: