अधिकारकर्मी खान र सरकारबीच सहमति, गृह मन्त्रालयबाट ६ सदस्सीय छानविन समिति गठन

नेपालगन्ज , नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगेका अधिकारकर्मी रुबी खानको समुह र सरकारबीच सहमति भएको छ । सहमति भएसँगै नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् ।

मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले माइतीघर मण्डलामा जुस खुवाएर अनसन तोडाएका हुन् । आमरण अनसनरत रुवी खानसहित धर्नामा बसेका महिलाहरुबीच आज छानविन समिति गठन गर्ने गरि सहमति भएको हो । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको छ ।

No description available.

रुबी खान सहितको समुहले उठाएको २ वटा घटनाको छानविन गर्न गृहमन्त्रालयले एक समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्सीय समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक रामप्रसाद शाह, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक विरेन्द्र सिंह कार्की, गृहमन्त्रालयका उपसचिव राम प्रसाद लम्साल, बाँकेका अधिकारकर्मी मोहम्मद शेर वागवान र जिल्ला प्रसासन कार्यालयका अधिकृत रहेका छन् ।

समितिलाई बाँकेकी एकल महिला निर्मला धोबीको अपहरण सरिर बन्धक तथा हत्या सम्बन्धि मुद्दा तथा बाँकेकै नन्कुर्नी धोबीको मृत्युका सम्बन्धका सोही मुद्दाका सम्बन्धमा धर्ना बसेका धर्नाकारीहरुसँग सत्य तथ्य बुझ्ने तथा सरोकारवालासँग सोधपुछ समेत गरि एक साता भित्र प्रतिबेदन बुझाउने अधिका। प्रत्यायोजन गरिएको छ ।

नेपालगञ्‍जका दुई हिंसाको घटनामा प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै नेपालगञ्‍जका ११ महिलासहित १४ जना २० दिन हिँडेर न्यायको खोजीमा काठमाडौं आएका थिए । उनीहरुले माइतीघर मण्डलामा लगातार धर्ना दिइरहेका छन् । (खबर कुरा सभार)

+ posts
Language »
%d bloggers like this: