नेपालगन्जमा मोहम्मद डे मनाइयो, वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले गरे पानी, मिठाइ र फलफूल वितरण


नेपालगन्ज, इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती नेपालगन्जमा हर्षोल्लासपूर्ण रुपमा मनाइएको छ । दिनभर मदिना नामको झण्डा र नेपालको झण्डा बोकेका इस्लाम धर्मालम्बीले नगर परिक्रमा गरेका थिए ।

नेपालगन्ज ४ जामा मस्जिददेखि सुरु भएर घोसीटोल, फत्तेवाल आँखा अस्पताल, डीएसपी रोड, एमपी स्कुल, रानी तलाउ, एकलैनी, त्रिभुवन चोक, वीपी चोक, धम्बाझी, न्यरोड हुँदै गौसिया मस्जिदमा गएर समापन भएको थियो । दिनभर गाडीमा चर्को स्वरमा माइक बजाउँदै इस्लाम धर्मालम्बीले नगर परिक्रमा गरेका थिए ।

No description available.

मोहम्मद डेको अवसरमा मानकारी युवा राप्रपाका नेता एवं नेपालगन्ज उपमहानगरपालिकामा वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना र नेपालगन्ज ५ का अध्यक्ष कैफुलवरा जोलहाले संयुक्त रुपमा नेपालगन्जको बिपि चोकमा मिठाइ, पानी र फलफूल वितरण गरेका थिए ।

No description available.

सन्देष्टा मोहम्मदको जन्मदिनको अवसरमा पुन्य प्राप्तिका लागि उक्त कार्य गरेको अध्यक्ष बेहनाले बताए । उनले दशैंमा मुर्ति बिसर्जन गर्ने दिनमा समेत पानी फलफूल वितरण गर्नु भएको थियो ।

+ posts
Language »
%d bloggers like this: