च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो जित दर्ता गर्दै डाइनामो किभलाई १–० ले पराजित गर्‍यो

च्याम्पियन्स लिगमा लगातार दुई हार बेहोरिसकेको बार्सिलोनाका लागि बुधबारको रात भने सुखद रह्यो । बार्सिलोनाले पहिलो जित दर्ता गर्ने क्रममा डिनोमो किभलाई १–० ले हराएको छ । नकआउट चरण पुग्ने सम्भावनाका लागि बार्सिलोनालाई जितको आवश्यकता थियो ।

जेरार्ड पिकेले गरेको गोलमा बार्सिलोना विजयी बन्न सफल रह्यो । ३६ औं मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भएका थिए ।

सोही अग्रतालाई जोगाउँदै बार्सिलोना च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गराउन सफल रह्यो । च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाती दुई खेलमा गुमएको थियो । यसअघि बार्सिलोना र बेनफिका दुवैसँग बार्सिलोना समान ३–० पराजित भएको थियो ।

यसपटकको च्याम्पियन्स लिगमा बार्सिलोनाले २ सय ८७ औं मिनेटमा पुगेर गोल गरेको थियो । जितपछि रोनाल्डो कोम्यानको टोली समूह इमा ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ ।

+ posts
Language »
%d bloggers like this: