नेपालगन्जमा पुर्वमन्त्री गजेन्द्र हमाललाई भब्य स्वागत

नेपालगन्ज , गृहनगर नेपालगन्ज आएका पुर्व उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री गजेन्द्र हमाललाई नेपालगन्जमा भब्य स्वागत गरिएको छ । बुद्ध एयरको विमानबाट नेपालगन्ज आइपुगेका उनलाई विमानस्थलमै पुगेर कांग्रेस कार्यकर्ताले स्वागत गरेका हुन् ।


हमाललाई स्वागत गर्न कांग्रेस कार्यकर्ताहरु गाउँ-गाउँबाट ठुलो संख्यामा विमानस्थल परिसरमा पुगेका थिए । पुर्वमन्त्री हमाललाई कार्यकर्ताले र्यालीसहित विमानस्थलदेखी नेपालगन्जको सुर्खेतरोड स्थित पार्टी कार्यालयसम्म ल्याएका हुन् । पार्टी कार्यालयमा उनले कार्यकर्तालाई सम्बोधन पनि गरेका थिए ।

No description available.

नेपाली कांग्रेस बाँकेका पुर्वसभापति समेत रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोज २२ गते उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर राणासँग जोडेर उनको चौतर्फी बिरोध भएपछि दुई दिनमै मन्त्री पदबाट राजिनामा दिएका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ का युवा नेता राकेश कुमार बर्माले बताउनुभयो ।

+ posts
Language »
%d bloggers like this: