नेपालगन्जमा पाकिस्तान र बंगलादेश विरुद्ध नेपाल शिव सेना केन्द्रीय समिति बाँकेका केन्द्रीय अध्यक्ष रोेैनियारले गरे विरोध प्रदर्शन

नेपालगन्ज , नेपाल शिव सेना केन्द्रीय समिति बाँकेले बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणबारे ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यलय बाँकेमा ज्ञापनपत्र बुझाएका छन ।

बंगलादेशमा हिन्दु मन्दिरहरू एवम हिन्दू आराध्य देवी देवताको प्रतिमाहरूमाथि भएको हमलाको निन्दा गर्दै दोषीलाई कारवाही तथा हिन्दु समुदायको सुरक्षाका लागि प्रधानमन्त्री तथा बङ्गलादेश सरकार सामु पुगोस भन्दै ज्ञापनपत्र बुझाएको र बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दु समुदायलाई चोट पुर्याएको भन्दै नेपाल शिव सेना केन्द्रीय समिति बाँकेका केन्द्रीय अध्यक्ष राज कुमार रोेैनियारले बताउनुभयो ।

No description available.
No description available.

बंगलादेशमा ४ जनाको मृत्यु भएको र भने १०० जनाभन्दा बढी घाइते भएको बिसय लिएर नेपाल शिव सेना केन्द्रीय समिति बाँकेले झण्डै सयौंको सङ्ख्यामा हिन्दू बादी र राष्ट्रबादी युवाहरु जम्मा गरेर नेपालगन्ज त्रिभुवन चोक र बाँके जिल्ला प्रशासन कार्यलय अगाडि पाकिस्तान मुर्दावाद बंगलादेश मुर्दावाद भन्दै धर्ना तथा विरोध प्रदर्शन गरेका थिए ।

+ posts
Language »
%d bloggers like this: