बाँके युनेस्को क्लबद्धारा बर्दिया गेरुवाका बाढीपिडितलाई राहात वितरण

नेपालगञ्ज , बैमौसमी वर्षाका कारण आएको बाढीबाट अति प्रभावित भएका बर्दिया गेरुवाका स्थानीयका लागि बाँके युनेस्को क्लबले राहात वितरण गरेको छ ।


क्लबले आफ्नो आन्तरिक श्रोतबाट गेरुवाका बाढीपिडितलाई खाने कुराको राहात जिल्ला विपद व्यवस्थापन समिति बर्दियामार्फत उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।


उहाँले बाढीपिडितलाई तत्कालका लागि तयारी खाने कुराको अभाव नहोस भन्ने उदेश्यले सो राहात प्रदान गरिएको बताउनुभयो ।
एक कार्यक्रमका विच सो राहात सामाग्री क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मालाई हस्तान्तरण गर्नुभयो ।


हस्तान्तरण गरिएका सामाग्रीहरुमा ५०० केजी चिउरा, ५० कार्टुन मिनरल वाटर, २ बोरा नमकीन र २० कार्टुन चाउचाउ रहेका छन् ।
राहात सामाग्री बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले क्लबले गरेको सहयोगको सराहना गर्दै यसबाट बाढीपिडितलाई केहीहदसम्म राहात मिल्ने बताउनुभयो ।

No description available.


क्लबका अध्यक्ष चौधरीले विभिन्न विपदका बेला क्लबले आफ्नै श्रोतबाट भएपनि पिडितलाई सहयोग गर्दै आएको बताउनुभयो ।
उहाँले क्लबले बर्दियाका विभिन्न पालिकाहरुमा बाल संरक्षण तथा कोभिड प्रभावितलाई लक्षित गरेर कार्यक्रमहर सञ्चालन गरिरहेको बताउनुभयो ।


यसैसाता परेको बेमौसमी बर्षाले गर्दा बर्दिया लगायत देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परेर सय बढी नागरिकको मृत्यु भएको छ भने ठुलो संख्यामा घरबारविहिन भै अति प्रभावित भएका छन् ।

+ posts
Language »
%d bloggers like this: