नेपालगन्ज, युवराज थापा- मधेसी समुदायमा मनाईने नारीहरूको चार्ड “करवाचौथ”नेपालगन्जका मधेसी महिलाहरु जम्मा भएर भव्य कार्यक्रम गरी मनाएका छन ।

कार्यक्रममा मधेसी महिलाहरु मात्र नभई पहाडी महिलाहरुको पनि उत्तिकै आकर्षक उपस्थिति थियो । कार्यक्रम लाई दिप प्रज्वलन तथा केक काटेर नेपालगन्ज उप-महानगरपालिका उप-मेयर उमा थापामगर र नेपालगंज उद्योग वाणिज्य संघका नि वर्तमान अध्यक्ष नन्द लाल वैश्य राष्ट्रिय प्रजातान्त्रिक मधेस महिला संघका नेपालगन्जको अध्यक्ष कृष्णा देवि पाण्डेले उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन गर्दै उप-मेयर थापाले यो मधेसी महिलाहरु ले मात्र नभई सम्पूर्ण हिन्दु नारीहरुले मनाउनु पर्ने बताउनु भएको थियो । सो कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक मधेसी महिला संगठन अध्यक्ष कृष्णा देवि पाण्डेले कार्यक्रम संचालन गरेर भरपुर मनोरञ्जन गराउनु भएको थियो । पुर्खौ बाट चल्दै आएको पर्व मनाएको देखेर आफुलाई अझै भब्य र ब्यवस्थित हुने रहर जागेको बताउनुभयो ।

उहाँले यो नेपालको कल्चर पर्व भएको ले यसको विकास र राम्रो प्रचारप्रसार हुनु पर्ने बताउनु भयो, सम्पुर्ण हिन्दू नारीहरू लाई शुभकामना दिनु भयो । कार्यक्रममा मधेसी महिला मोर्चाको तर्फबाट “कृष्ण देवी पाण्डे” पंचसिल महिला मंच बाट “भावना सापकोटा” र दिपाली टंडनको पनि उपस्थिति रहेको थियो। कार्यक्रम संचालन “कृष्ण देवी पांडे” ले गर्नु भयो ।

साथै कृष्ण देवी पाण्डेले आफुहरुले यो पर्व लाई आउँदा वर्षहरूमा अझैँ महत्व बढ्ने गरी मनाईने बताउनुभयो। कार्यक्रम मा विभिन्न नृत्य र क्वुईज खेलाएर रमाइलो गरेर सम्पन्न भयो ।
“करवाचौथ भनेको पहाडी समुदाय मा मनाईने तिज जस्तै हो, जस्तो तिज मा पती को आयु लामो होस भनी बर्त बसिन्छ त्यस्तै यो पर्व मा पनि पती को आयु लामो होस भनेर वर्त बसिन्छ ।