नेपालगन्जमा ‘ विश्व कण्डम डे’ को अवसरमा शनिवार निशुल्क एचआइभी परीक्षण गरिने

नेपालगन्ज,‘विश्व कण्डम डे’ को अवसरमा भोली शनिवार नेपालगन्जमा सचेतनामुलक कार्यक्रमसँगै निशुल्क एचआइभी परीक्षण गरिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र एचआइभी÷एड्सको क्षेत्रमा कार्यरत संघसंस्थाको समन्वयमा पुष्पलाल चोकमा एचआइभी परीक्षण गरिने जुनकिरी महिला समुहका कार्यक्रम संयोजक रविन्द्रसिंह राठौरले बताउनुभयो ।

No description available.


उनका अनुसार, पुष्पलाल चोकमा एचआइभी परीक्षण, सचेतनामुलक पर्चा, पम्पलेट र कण्डम वितरण गरिने भएको छ ।

No description available.

एचआइभीबाट जोगिने उपाय, कण्डमको प्रयोग गर्ने विधि, कण्डमले पुर्याउने फाइदा, असुरक्षित यौन सम्पर्क गर्दा हुने खतरा लगायत विषयमा सचेतना जगाउने कार्यक्रम रहेको उनले बताए ।

+ posts
Language »
%d bloggers like this: