शम्भु उप्रेती (हाल अमेरीका)
यथार्ततामा मानव जीवन अमूल्य छ साथ साथै क्षणभंगुर पनि ।
जसरी पृथ्वीका तमाम जीब जन्तुहरु जीबन चक्र पुरा गरी अस्तित्वको समाप्ती या बिलीन हुन्छन ।मानिस मात्र प्राणीहरु मध्येको सर्बमान्य बुद्धिमान र सचेत हुनुको नाताले हामि आफ्नो जीबनलाई सबै प्रकारको उपाय हतकन्डाहरु अपनाएर पनि दिर्घ,सुखि,सम्पन्न र अरुको भन्दा बिशिस्ट बनाउने होडमा भले ब्यबिचारको सहारा लिन र अन्य प्राणी मात्र नभई आफु जस्तो मानिसकै शोषण, ब्यबिचार र सम्पती हडप्न देखी अस्तित्व समाप्त गर्न सम्म उद्धत रहेको घटीत उदाहरण हरुबाट पुस्टी हुन्छ।
मानव भएर मानविय पिडाबोध र कर्तब्यनिस्ठ,आदर्शबान जीबन बिताउने दृढ़ता ब्यबहारमा लागु गर्न पक्कै पनि सजीलो छैन।
तर उस्को मानवियता,बुद्धिमत्ता पूर्ण दुरदर्शी सोचको कारण आफ्नो ख़ुशी लाई केही तिलान्जली दिई परीबार जन, समाज र समग्रताकै कल्याण हुने पथमा अडीग रहीरहने हरु सिमीत संख्यामा देखीन्छ।
“बाचेर पनि मरेकाहरु र मरेर पनि अजम्मरी बनेको हरुको” भेद बुझ्नु र ब्यबहारमा लागु गर्ने प्रयत्न बाट मृत्यु प्रतिको भय र मृत्यु पछीको पिडाबोध बाट मुक्त हुन सकिने रहेछ।
अबको समय हाम्रो पृयजनको मृतात्माको शान्ति का खातीर जस्ले जुन आफ्नो क्षणीक जीबनको ख़ुशी लाई पर्बाहानगरी आदर्शबान जीन्दगी बाच्नु भो त्यस्तो मृत्यु लाई अमर गर्ने तर्फ हामी पिडाबोध गर्ने समुहको सामुहीक प्रयासको अठोटमा गोलबन्द बन्न जसबाट मृत्युको भय र पिडाबोध बाट मुक्त मात्र गर्दैन आउने पिडीलाई समेत प्रेरणादायी र आदर्शको जीबनको यथार्तता बोध गराई सच्चा मानव समाजको निर्माण र निरन्तरता देओस ।