संचारकर्मी सिङ्ग मोक्तानको तेस्रो शब्द रहेको गीत कम्मरै बाचिँदेउ न मैच्याङ गीत सार्वजनिक भएको छ।उक्त गीतमा गायक अर्पण थिङले स्वर भरेका छन।संगीत र ऐरेन्ज पनि गायक थिङकै रहेको छ।।त्यसैगरी मिक्सिङ दिपेश प्रधानले गरेका हुन।
डिजिएस अनलाईन मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङ र कुमारी तामाङको अभिनय हेर्न सक्नुहुनेछ।यस गीतको भिडियो निर्देशन निमा लामा तामाङले गरेका छन भने क्यामेरा र सम्पादन विश्वास भण्डारीले गरेका छन साथै कलरिङको काम बज्र ङेसुरले गरेका छन।