नेपालगन्जमा नमस्ते बचत तथा ऋण सहकारी सस्था लि. को १२ औ बार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज, नमस्ते बचत तथा ऋण सहकारी सस्था लिमिटेड नेपालगन्ज उप–महानगरपालिका वडा नं. १ बाँकेको १२ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सवल सुरक्षित र विश्वासिलो संख्या समृद्ध, मर्यादित व्यवसाय र प्रतिधिमा सहकारी भन्ने नाराका साथ भएको साधारणसभामा आ.व. २०७७÷०७८ मा सस्ंथाले कुल चुक्त शेयर पूँजी ५ करोड ५५ लाख ९३ हजार ५ सय रुपैयौं बाट ६५ प्रतिशतले वृद्धि गरी ९ करोड १७ लाख २९ हजार २ सय ७५ रुपैयौँ बराबरको पु¥याइने जानकारी दिइएको थियो ।

जसमा निक्षेप ४७ करोड ७३ लाख ६७ हजार १ सय १६ रुपैया २६ पैसा गदैं ४२ लाख ४ हजार १ सय ८३ रुपैया ५७ पैसा सस्ंथागत यस वर्षको नाफा (आयकर व्यवस्था अघि)निर्माण गर्न सफल भएको साकोस तथा साधारणसभाका सभाअध्यक्ष ग्रहण गरेका बिष्णु बहादुर रिमालले बताए ।

May be an image of 6 people and people standing

साधारणसभाका प्रमुख अतिथि तथा नेपाल बचत ऋण केन्द्रिय सहकारी संघ एवम् नेफ्स्कुनका महा–सचिव दामोदर अधिकारीले नमस्ते बचत तथा ऋण सहकारी संस्थाले पहिलाको भन्दा अहिले धरै प्रगति गरेको र जसले बाँके जिल्ला उतकृष्ट सेवादारी संस्था भई अघि बढ्ने बताए ।

विशिष्ट अतिथि बाँके जिल्ला सहकारी संघ लि का अध्यक्ष पे्रम प्रसाद सुवेदी, राष्ट्रिय सहकारी बैकका सञ्चालक विजया धिताल, अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ बाँकेका सचिव प्रेम बहादुर शाह प्रकाश ज्ञवाली लगाएतका साधारणसभामा २०० भन्दा बढी सहभागी रहेका थिए भने यस साधारणसभामा विभिन्न किसिकका नृत्य तथा ३ जनालाई सम्मान गरिएको संस्थाका व्यवस्थापकशालिक राम डाँगीले जानकारी दिनुभयो ।

+ posts
Language »
%d bloggers like this: