कुले दोङको नेपाली आधुनिक गीत “हजारौंको भीडमा” पनि छायांकनको तयारीमा

कुले दोङको शब्द रचनामा नेपाली आधुनिक गीत “हजारौंको भिडमा पनि” छायांकनको तयारीमा रहेको जानकारी सारा खबरलाई प्राप्त भएको छ । हाल रोजगारीको सिलसिलामा देश बाहिर रहेका कुले दोङ तामाङको यस पहिलो प्रेम गीतमा सुरेश लामा र अस्मिता अधिकारीको सुमधुर आवाज रहेको छ ।

आज भर्खरै डम्फु मिडिया मार्फत प्रोमो सार्वजनिक गरिएको उक्त गीतमा एरेन्ज दिक्षित पौडेलको रहेको छ । एकौस्टिक स्टुडियोमा अडियो रेकर्ड सम्पन्न भएको यस गीतको मिक्सिङ भने प्रकाश मिश्रले गरेका हुन् ।

नेपाली गीतसंगीतको बजारमा चर्चामा रहेका गायक गायीकाको आवाजले सजिएको गीतको शब्द संगीत र गायन पक्ष हेर्दा यस युगल प्रेम गीत प्रेमिल जोडीहरुले अत्यन्तै रुचाउने गीतकार कुले दोङ तामाङले बताएका छन् । तामाङ चलचित्र जगतको महानायकको रुपमा सुपरिचित अमिर दोङको निर्देशनमा भिडियो छायांकन हुन लागेको हुंदा भिडियो पक्ष झनै उत्कृष्ट रहने समेत उनले बताए ।

प्रोमो हेर्न तल क्लिक गर्नुहोस् 👇️

+ posts
Language »
%d bloggers like this: