लोन्ली प्लानेटको १० घुम्न उत्कृष्ट देशको सुचीमा नेपाल पनि

लोन्ली प्लानेटले आगामी वर्ष घुम्न उत्कृष्ट हुने दस देशहरूको नाम सार्वजनिक गरेको छ। यो सूचीमा नेपाल पनि परेको छ।
लोन्ली प्लानेट ५० वर्ष पुरानो विश्वव्यापी यात्रा गाइड किताब हो।

यसमा यात्रासम्बन्धि थुप्रै किसिमका विवरण र जानकारीहरू समावेश हुन्छन्। त्यसैमध्ये सन् २०२२ मा घुम्न उत्कृष्ट हुने देशको सूची सिएनएनले प्रकाशन गरेको छ। यसमा नेपालको कुरा गर्दा सगरमाथा नछुट्ने भए पनि यहाँ पर्यटकका लागि अरू पनि धेरै कुराहरू रहेको लेखिएको छ। त्यस्तै मुस्ताङ यात्रादेखि यहाँका होमस्टे, खानेकुरा, कफी, चौंरीको घिउ र कोथे शैलीको मःम आकर्षण भएको सिएनएनले लेखेको छ।

हेर्नुहोस् लोन्ली प्लानेटको सूचीमा रहेका देशः
इजिप्ट
मालावी
नेपाल
ओमन
एंगुइला
स्लोभनिया
बेलिजे
मोरिसस
नर्वे
कूक आइल्यान्ड

+ posts
Language »
%d bloggers like this: