ब्राजिलको टिममा कोटिन्होको पुनरागमन

काठमाडौँ । ब्राजिलको राष्ट्रिय फुटबल टिममा फिलिप कोटिन्होले पुनरागमन गरेका छन् । प्रशिक्षक टिटेले कोलम्बिया र अर्जेन्टिनाविरुद्धको विश्वकप छनौटका लागि घोषणा गरेको ब्राजिलको राष्ट्रिय टिममा कोटिन्होलाई समावेश गरेका हुन् ।

कोटिन्होले अन्तिम पटक ब्राजिलको राष्ट्रिय टिममा २०२० को अक्टोबर १४ मा पेरुविरुद्ध खेलेका थिए ।

प्रशिक्षक टिटेले रियल म्याड्रिडबाट खेल्ने भिनिसियस जुनियरलाई भने टिममा समावेश गरेका छैनन् । रियलमा राम्रो प्रदर्शन गरिरहेका भिनिसियसलाई टिममा समावेश नगरेकोमा उनको आलोचना समेत भएको छ ।

ब्राजिलको टिममा गोलकिपर एलिसन बेकर, एडरसन मोरएस र गाब्रिएल चपेको रहेका छन् । त्यस्तै डिफेन्डरमा डानिलो, एमर्सन रोयल, एलेक्स सान्ड्रो, रेनान लोड़ी, एडर मिलिटाओ, लुकास भेरीसिमो, मार्क्युन्होज, थिआगो सिल्भा रहेका छन् ।

त्यस्तै मिडफिल्डमा क्यासेमेरो, फाबिन्हो, फ्रेड, गेर्सन, लुकास पाक्वेटा, कोटिन्हो रहेका छन् भने फरवार्डमा नेइमार, एन्टोनी, रोबेर्टो फिर्मिनो, गाब्रियल जिसस, माथेअस चुन्हा र राफिन्हा रहेका छन् ।

ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत नोभेम्बर १२ मा कोलम्बिया र नोभेम्बर १७ मा अर्जेन्टिनाविरुद्ध खेल्दै छ ।

+ posts
Language »
%d bloggers like this: