तेमालमा एमालेलाई ठुलो झट्का, सयौं युवाहरु समाजवादीमा प्रवेश

नेकपा (एकिकृत समाजवादी) तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको वडा अधिवेशन शिव बहादुर देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा काभ्रे जिल्लाको अध्यक्ष टोक बहादुर वाइवा, जिल्ला सदस्य मुकुन्द गौतम, वरिष्ठ पत्रकार भोतराज त्रिपाठी,तेमाल गाउँपालिकाको अध्यक्ष तथा जिल्ला सदस्य प्रदिप जिल्ला सदस्य रेशमलाल श्रेष्ठ,जिल्ला सदस्य विरेश तामाङ, सिजन लामा, समिप त्रिपाठी, सुर्य लामा, पाल्छाङ मोक्तान, शिकर त्रिपाठी, लगाएतका अतिथिहरु रहेका थिए ।

तेमाल गाउँकमिटीको अध्यक्ष तथा जिल्ला कमिटी सदस्य प्रदिप
कुमार तामाङले अराजकता शब्द प्रयोग गरेर ठुला ठेला भाषण गरेर मात्रै जनताको मन जित्न नसक्ने उहाँले बताउनु भयो ।

केपी ओलीको निजि स्वार्थका लागि पार्टी एकता भएको थियो अतिथि मुकुन्द गौतमले बताउनु भएको छ ।

अनेम संघ काभ्रे जिल्लाको अध्यक्ष पासाङ डोल्मा तामाङले समान अधिकारको लागि अब महिला दिदीबहिनीहरु राजनीतिमा सक्रियता हुनु पर्नेमा उहाँले जोडदिनु भयो ।

यसैगरी विशिष्ट अतिथि तोक बहादुर वाइवाले केपी ओलिको अराजकता प्रवृत्तिको कारणले नयाँ पार्टीको जन्म भएको हुनाले नयाँ चिन्न कलममा भोट हाल्न जनता कुनै हालतमा अनाकानी नगर्नेमा ढुक्क भएको बताउनु भयो । आउँदो चुनावमा एकिकृत समाजवादी पार्टीको तेमाल गाउँपालिकामा जित सुनिश्चित भएको दाबी गर्नु भयो । जनमासको उल्लेखनीय सहभागीताले अति हर्षित भएको र ठुलो पर्सेलसँगबाट नै एमालेको हार शुरु भएको उहाँले दाबी गर्नु भयो ।

प्रमुख अतिथि शिव बाहदुर देउजाले ठुलो पर्सेलसँगको साइनो कहिले बिर्सन नसकेको र फेरि पार्टीको विविध कार्यको कारणले अझ साइनो नजिएको बताउनु भयो । कार्यक्रम समापन हुनु भन्दा पहिला नपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेर नेकपा (एकिकृत समाजवादी)मा पार्टी प्रवेस गरेकाहरुलाई प्रमुख अतिथि शिव बहादुर देउजा र विशिष्ट अतिथि टोक बहादुर वाइवाले टिका लगाएर स्वागत गरेका थिए ।

+ posts
Language »
%d bloggers like this: