नेपालगञ्जमा देवकोटाको यात्री कवितामा समिक्षा

नेपालगञ्ज, महाकवी लक्ष्मी प्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीका सन्दर्भमा आज नेपालगञ्जमा यात्री कवितामाथि समिक्षा गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहीत्य समाज लुम्वीनी प्रदेशद्धारा आयोजित कार्यक्रममा देवकोटाको यात्री माथि चार जनाले आधार पत्र प्रस्तुत गरेका छन् ।

साहीत्यकार लेक प्रसाद प्याकुरेल, शुक्रऋषि चौलगाई, किरण आचार्य र सुमीत्रा न्यौपानेले यात्री कविताका विविध पाटाबारे समिक्षात्मक पत्र प्रस्तुत गर्नु भयो भने इन्द्र वहादुर भण्डारी र बालकृष्ण शर्माले टिप्पणी गर्नु भयो । प्रस्तोताले यात्री कविताको सिंगो विषय र सन्देश बारे प्रष्टयाउने प्रयास गरेका थिए । यस्तै मीना वरालले किरण आचार्यको कथा संग्रह क्यान्टोनमेन्टबारे समिक्षा प्रस्तुत गर्नु भएको थियो ।

No description available.

कार्यक्रममा प्रज्ञा सभा सदस्य साहीत्यकार हरि प्रसाद तीमील्सेनाले एउटै विधामा केन्द्रीत रचनात्मक कार्यको प्रशंसा गर्नु भयो । अन्तर्राष्ट्रिय नेपाली साहीत्य समाज लुम्वीनी प्रदेश अध्यक्ष किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार सनत रेग्मी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु सुवेदीले बोल्नु भएको थियो ।

No description available.

भने भिम वहादुर शाही, प्रभात सुवेदी लगायतले गीत रचना सुनाउनु भयो । निशु जोशीद्धारा सञ्चालीत कार्यक्रममा निर्मल वुढाले स्वागत गर्नु भएको थियो ।

+ posts
Language »
%d bloggers like this: