प्रथम म्हे म्हे कप खुल्ला फुटबल प्रतियोगिता २०७८ को शुभारम्भ

सिन्धुपाल्चोक बाट सन्जिब वाईवाको रिपोर्ट

सिन्धुपाल्चोक क्षेत्र नम्बर २‘क’ बाट बागमती प्रदेश सांसदमा निर्वाचित सांसद युवराज दुलाल (शरद) ले आफु सामाजिक विकास मन्त्री हुँदा खेल मैदानका लागि बजेट विनियोजन गरेर निर्माण सम्पन्न भएको ज्यामिरेमाने म्हे म्हे स्मृति खेल मैदानमा आज प्रथम म्हे म्हे कप खुल्ला फुटबल प्रतियोगिता २०७८ को शुभारम्भ गरेका छन् ।

उनको पहलमा प्रदेशबाट ७० लाख बजेट विनियोजन भएको थियो ।खेलकुद क्षेत्रको विकासका लागि भएको यो प्रयास सबैका लागि हौसलाको विषय भएको दुलालले बताएका थिए ।

प्रतियोगिता उद्घाटन समारोहमा अतिथिहरुमा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष झम्क नेपाल , नेपाली कांग्रेस जिल्ला सभापति बिकास लामा , गाउँपालिका अध्यक्ष बंशलाल तामाङ सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष ठूलो बाबू श्रेष्ठ ,बिर बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियिो ।

सिन्धुपाल्चोक कै ठूलो पुरस्कार धनराशी रहेको म्हे म्हे कपमा बिजेताले १ लाख सहित ट्रफी र प्रमाण पत्र तथा उप बिजेताले ५० हजार सहित ट्रफी र प्रमाणपत्र जित्ने आयोजक श्री मिलन चोक युबा समाजले जनाएको छ ।

राजधानी काठमाडौं बाट नजिकै भएका कारण काठमाडौं उपत्यका र काभ्रे लगायत जिल्लाका चर्चित १८ क्लबहरु को उपस्थिती रहेको छ ।


प्रतियोगिता १८ गते समापन हुने आयोजक पक्षले जनाएको छ ।

+ posts
Language »
%d bloggers like this: