नरैनापुर गाउँपालिकामा संरक्षण विषयगत क्षेत्रको भूमिका सम्बन्धी अभिमुखीकरण

नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा विपद्को अवस्थामा संरक्षण विषयगत क्षेत्रको भूमिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम नरैनापुर गाउँपालिकामा भएको छ ।

May be an image of 7 people, including Jhabi Sharma Neupane and people sitting

पालिका अन्तर्गत हुने बिपदको समयमा लैंगिक हिंसा रोकथाम, बाल संरक्षण, मानसिक स्वास्थ्य, मनोसामाजिक सेवा, बहु क्षेत्रगत सेवा प्रदान एवं प्रदेश तथा स्थानीय सरकारको भूमिका लगायत विषय छलफल गरिएको थियो । यु.एन.एफ.पी.ए.को सहयोग र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा अभिमुखीकरण संचालन भएको थियो ।

+ posts
Language »
%d bloggers like this: