सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा कोरोना संक्रमणबाट ९८ वर्षी बृद्वको मृत्यु,काभ्रेमा मृत्यु हुनेको संख्या २ पुग्यो

काभ्रे । काभ्रेमा कोरोना संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

पिसाब बन्द भएपछि उपचारका लागि धुलिखेल अस्पताल पुग्नुभएको बृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्लाज्मा थेरापी विधि मार्फत उपचार गर्ने तयारी भइरहेका बेला बृद्धको मृत्यु भएको हो ।

कार्यविधिअनुसार नै उनको शव व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी गरेको उनले जानकारी दिए ।


यो सँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि साउन २६ गते पाँचखाल १ की ५० वर्षीया महिलाको ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हालसम्म जिल्लामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ साथै धुलिखेलमा रहेको धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा कोरोना नरहेको पुष्टि भएको छ । दुईदिन अघि एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसँगै अस्प्तालका १ सय २० जना चिकित्सकले कर्मचारी एकान्तबासमा बसेका थिए ।

सोमबार अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले प्रेस विज्ञप्ति मार्फत ४८ घण्टामा १९० जना चिकित्सक र कर्मचारीमा कोरोना भाइरस परीक्षण गरिएको र उनीहरुमा कोरोना नेगेटिभ देखिएको बताउनुभएको हो । विज्ञप्तिमा उपचारमा संलग्न चिकित्सक र कर्मचारीहरुले सुरक्षाका अझ थप उपायहरु अवलम्बन गर्न आवश्यक रहेको भने जनाइएको छ ।

राजधानी पूर्वका जिल्लाहरुका लागि धुलिखेल अस्पताललाई सरकारले कोभिड लेभल ३ को मान्यता दिएको छ । अस्पतालले कोरोना संक्रमित छुट्टै भवनमा राख्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »