खजुरामा तीन सय बढी बिभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश

नेपालगञ्ज,  बाँकेमा जनता समाजवादी पार्टी खजुरा गाउँपालिका वडा नम्बर सातले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३ सय बढी जनाले पार्टी प्रवेश गरेका छन ।


कार्यक्रमका प्रमुख अतिथि (जसपा) केन्द्रिय कार्यकारिणी सदस्य तथा पुर्व शहरी बिकास मन्त्री बांके क्षेत्र न. २ बाट निर्वाचित सांसद माननीय मो.ईश्तियाक राईको आतिथ्यतामा र जिल्ला अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा ३४३ जनाले पार्टी प्रवेश गरेका हुन ।

May be an image of 10 people and text that says 'SHOT ON POCO M3'

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका नव प्रवेशीहरुलाई राईले पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो ।

May be an image of 7 people, people standing and indoor

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राइले अहिलेको राजनीतिक उथलपुथलको कारण सबैभन्दा राम्रो जनताको चाहाना बुझ्ने एक मात्र पार्टी जसपा भएको बताउनुभयो । उहाँले नव प्रवेशिहरुलाई शुभकामना समेत दिनुभएको थियोे ।

May be an image of 2 people, people sitting and people standing

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अजय श्रीवास्तव, हिक्मत बि.क, लुम्बिनी प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले, सदस्य बेबी तबस्सुम अन्सारी, क्षेत्र न. ३ का अध्यक्ष राजीव बर्मा, जसपा नेता सफीक सिद्दीकी, इसाक खान, लगायतको उपस्थिति रहेको जनता समाजवादी पार्टी (जसपा)का जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

+ posts
Language »
%d bloggers like this: