डुडुवा गाउँपालिकामा संरक्षण विषयगत क्षेत्रको भूमिका सम्बन्धी अभिमुखीकरण

नेपालगंज नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा विपद्को अवस्थामा संरक्षण विषयगत क्षेत्रको भूमिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम डुडुवा गाउँपालिकामा सम्पन्न भएको छ ।

पालिका अन्तर्गत हुने बिपदको समयमा लैंगिक हिंसा रोकथाम, बाल संरक्षण, मानसिक स्वास्थ्य, मनोसामाजिक सेवा, बहु क्षेत्रगत सेवा प्रदान एवं प्रदेश तथा स्थानीय सरकारको भूमिका लगायत विषय छलफल गरिएको थियो ।

May be an image of 9 people and people standing

यु.एन.एफ.पी.ए.को सहयोग र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा अभिमुखीकरण संचालन भएको थियो । कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र बेतहनी उपशाखाका पदाधिकारी, सदस्य लगायत २५ जनाको सहभागिता रहेको थियो ।

+ posts
Language »
%d bloggers like this: