निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

माओवादीकाे बदनाम गरेर कांग्रेस र एमालेले तेमालमा व्याज खाइरहेका छन्ः पूर्व राज्यमन्त्री सुर्यमान दाेङ

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) को नगर र गाउँपालिका प्रथम अधिवेशन ७७ वटै जिल्लामा सम्पन्न भएको छ । यसै सन्र्दभमा काभ्रेको तेमाल गाउँपालिकामा भएको प्रथम गाउँ अधिवेशनको उदघाटन गर्दै पूर्व राज्यमन्त्री सुर्यमान दोङले गलत प्रचारबाजी गरेर माओवादीको बदनाम गर्ने कांग्रेस र एमालेलाई आउँदो चुनावमा गाउँ गाउँबाट जनताले लखेटेर माओवादीलाई अध्याधिक मतले जिताउने दाबी गारेका छन् ।

पूर्व राज्यमन्त्री दोङले अर्बौंको भ्रष्ट्राचार गरेको पैसाले चितवनको नारायणीको तीरमा एमालेका नेताहरु रमिरहेको आरोप लगाएको छ । यसैले काभ्रेको तेमालमा भ्रम फिजाएर एमाले र कांग्रेसले माओवादीको बदनाम गरिरहेको दाबी गरेका छन् ।

“सुनकोसिको पानीलाई लिफ्टीङ गरेर तेमालको जनतालाई वितरण गर्ने योजना माओवादीले गरेको हो । तेमालमा विजुली बाल्नका लागि माओवादीले पहल गरेको हो । तेमालको सडक विस्तार अनि कालोपत्रेका लागि योजना अगाडी बढाउनका लागि माओवादीले नै गरेको हो तर नेपाली कांग्रेस र एमालेले गलत प्रचार प्रसार गरेर हामीलाई नै बदनाम गरिरहेका छन् । अब माओवादी कमरेडहरुले यो कुरा जनतालाई बुझाउन गाउँवस्तीमा जाने कि नजाने ?” पूर्व राज्यमन्त्री सुर्यमान दोङले नेता कार्यकर्तालाई प्रश्न गरेको गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता दोङले युवा पर्यटन व्यवसायी तिलक लामा लोप्चन लगाएतका व्यक्तिहरुले तेमाल बृहत खानेपानीको लागि योगदान पु¥याएकोमा प्रशांसा गरेका छन् तर त्यत्तिबेला तेमालको जनतालाई सुनकोसीको पानी खुवाउँछु भन्दा हावा कुरा गरेको भन्दै उडाएर हिड्ने मान्छे नै अध्यक्ष भएकोमा खेद् प्रकट गरेको थिए ।

तेमाल गाउँपालिकाको अधिवेशनबाट सर्वसहमतीमा कमिटी घोषणा गर्न खोजेतामा पनि सहमतीमा आउन नसकेको कारणले कमिटी घोषणा गर्न सकेकका छैनन् ।

भर्खरै

सम्बन्धित खबर

Language »