निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

स्टार अस्पतालले सांगीतिक धमका सहितको निशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौं । किर्तिपुर बागभैरवमा स्टार अस्पताल र कुटुम्ब ब्यान्डको सहकार्यमा शनिबार निशूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । यहि मंसिर १८ गते हुने स्वास्थ्य शिविर बिहान १० बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ ।
स्वास्थ्य शिविरमा जी आई र ग्यास्ट्रो (पेटसँग सम्बन्धित स्वास्थ्य जाँच),स्त्री रोग,बृद्ध बृद्धाको स्वास्थ्य र सामान्य स्वास्थ्य जाँच हुनेछ । साथै परामर्श, निर्धारित औषधि, ब्लड सुगर जाँच तथा प्रारम्भिक जाँच निशुल्क हुनेछ ।
स्वास्थ्य शिविरबाट अस्पताल आउने बिरामीहरुलाई अनुसन्धान सेवामा २० प्रतिशत,रेफरल ओपीडीमा ५० प्रतिशत,औषधिमा ७ प्रतिशत,शल्यक्रियामा १० प्रतिशत र बेड शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरेको अस्पताल श्रोतले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »