निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल शिव सेनाको कार्यकर्ता भेला डुडुवामा सम्पन्न


नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकामा नेपाल शिव सेनाको कार्यकर्ता भेला आइतवार सम्पन्न भएको छ ।


नेपाल शिव सेना केन्द्रिय कार्यालय नेपालगन्जद्वारा डुडुवा गाउँपालिको वार्ड नं.–२ बेताहनी चौकमा आयोजित कार्यकर्ता भेला नेपाल शिव सेना डुडुवा गाउँपालिका क्षेत्रका प्रमुख गंगासागर वर्माको सभापतित्वमा,नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राज कुमार रौनियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष राजकुमार रौनियारले हिन्द्रराष्टको संरक्षण गरौं, हिन्दूराष्टलाई बचाउने एकमात्र बिकल्प शिवसेना मात्र होे उक्त भेलामा संबोधन गरेका थिए ।

No description available.
No description available.

नेपाल शिव सेना केन्द्रिय सचिव शेर बहादुर शाही, नेपाल जनता पार्टीका केन्द्रिय सदस्य रामशंकर माधवदास, समाजसेवी दाताराम कोरीले उक्त भेलामा आ–आफना विचार राख्नु भएको थियो भने नेपाल शिव सेना केन्द्रिय कोषाध्यक्ष मदनराज शर्माले कार्यक्रम सञ्चालन गर्नु भएको डुडुवा गाउँपालिका क्षेत्रका प्रमुख गंगासागर वर्माले जानकारी गारएका छन् ।

No description available.
No description available.

भर्खरै

सम्बन्धित खबर

Language »