सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा थपिए ४०८ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ३२६ जना, भक्तपुरका ४५ जना र ललितपुरका ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।

शुक्रबार मात्रै काठमाडौंमा ४५४ जनामा संक्रमण देखिएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यो सहित संक्रमितको संख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »