निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

करिब ३१ लाख नागरिकलाई नागरिकता दिन लगायौं – यादव


नेपालगञ्ज, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफूहरुको आन्दोलनको कारण ३१ लाख नागरिकले नागरिकता पाएको बताउनुभएको छ। उहाँले मधेश आन्दोलन कै कारण नागरिकताबाट वञ्चित ३१ लाख नागरिकले नागरिकता पाएको जनाउनुभयो ।

बाँकेको डुडुवा गाउँपालिमा शनिबार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अझै पनि धेरै नागरिकले नागरिकता नपाएकाले सदनको अवरोध सकिएलगत्तै विधेयक पास गराएर नागरिकता वितरण गराउने बताउनुभयो ।

वर्तमान गठवन्धन निर्माण कै बेला नागरिकता लगायतका समस्या समाधानको सहमति गरेर नै सरकारमा सहभागी भएको जनाउँदै पूर्व उपप्रधानमन्त्री यादवले नागरिकता समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिकास निर्माणका साथै जनताका समस्या समाधान मा केन्द्रीत हुन निर्देशन दिएको बताउनुभयो ।

कार्यक्रममा सहभागी लुम्बिनी प्रदेश सरकारका भौतिक योजना निर्माणमन्त्री सहजराम यादवलाई देखाउँदै यस क्षेत्रका जनताका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।

सो अवसरमा बोल्दै पूर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले डुडुवाको विकाशका लागि धेरै योजना ल्याएको जनाउँदै तर गाउँ पालिकाको असहयोगले समस्या भएको बताउनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका भौतिक योजना निर्माण मन्त्री सहसराम यादले राप्ती नदीमा तटबन्ध र सडक निर्माणका प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »