निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

दोहोरी र रोधि संगै तामाङ सेलोको पनि प्रवर्धन गर्दै पुर्व पश्चिम रोधि घर एण्ड तामाङ सेलो

काठमाडौं । काठमाडौंको चोक चोक मा रोधि घर र दोहोरीहरु प्रशस्तरुपमा देख्न सकिन्छ । यस्तो बजारको माहोलमा एउटा छुट्टै पहिचान बनाउने उदेश्यले दरबार मार्गमा ,दोहोरी र रोधि संगै तामाङ सेलोको पनि प्रवर्धन गर्न पुर्व पश्चिम रोधि घर एण्ड तामाङ सेलो खुलेको छ ।
तिन दिन सम्म आधिकारीक उद्दाटन समारोह गर्दै ब्यबसायीक रुपमा सन्चालन गर्न लागिएको यो तामाङ सेलोको उद्दाटन समारोहको दोस्रो दिन संचालक सिंह बहादुर लामा को शभापतित्व , तामाङ समुदायको चर्चित गायक,संगितकार तथा सेलो किङ चन्द्र दोङ को प्रमुख आतिथ्य , अन्तराष्ट्रिय तामाङ परीषदका वरिष्ठ उपाध्यक्ष टासि लामा को बिशेष आतिथ्य र तामङ कलाकार संघका नव निर्वाचित अध्यक्ष विश्व दोङ ,गायक प्रयास दोङ , निमा लामा , आरति खड्का लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम मा उपस्थित प्रमुख अतिथि, बिशेष अतिथि, कलाकार ,पत्रकारहरुलाई तामाङ सेलोका संचालक सिंह बहादुर ले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
औपचारीक कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्र दोङले गित संगितको समेत संबर्धन र प्रवर्धन हुने खालका यस्ता ब्यबसायहरुले सर्जक ,कलाकार तथा बाध्यबाधक हरुको रोजिरोटी लाई ब्यबस्थापन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको तथा मनोरन्जनको बजारमा छट्टै पहिचान बनाएको बताउनुभयो ।
यो ब्यबसायलाई मर्यादित र कलाकार मैत्रि बनाउनु आजको आवश्यकता रहेकोले
संस्कार र संस्कृतिलाई पनि ध्यान दिदैं ब्यबसाय सन्चालन गर्न संचालकहरुलाई अन्तराष्ट्रिय तामाङ परीषदका वरिष्ठ उपाध्यक्ष टासि लामाले शुभकामना समेत दिनु भयो ।
प्रमुख अतिथि लगाएत कलाकारहरुले आ–आफ्नो गिति प्रस्तुति मार्फत कार्यक्रमलाई उर्जा भर्ने काम गर्नु भएको थियो ।
आफ्नो रोधिमा रमाउन आएका कोहि पनि ग्राहकलाई निराश बनाएर नफर्काउन आफुले ब्यबस्थापकिय पक्षलाई चुस्त बनाउने पयत्न गरेको संचालक सिंह बहादुर लामाले बताउनु भयो ।
छुट्टै स्वाद र पारिवारीक वातावरण मा रमाउने हरुका लागि यो रोधि तथा तामाङ सेलो काठमाडौं कै नमुना बनाउन सकेसम्म प्रयास गर्ने संचालक हरुले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »