निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेपालगञ्जमा

नेपालगञ्ज, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक राजेन्द्र लिङ्देन पश्चिम नेपालका जिल्ला भ्रमणमा निस्कनुभएको छ । बिहिवार दाङको तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएका अध्यक्ष लिङ्देन शुक्रबार नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालयमा पुग्नुभएको छ ।

राप्रपामा नेतृत्व परिवर्तनका लागि लिङ्देनसँगै अभियान चलाउनुभएका राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा नगर प्रमुख रहेको नेपालगञ्ज उप–महानगरपालिकाको बारेमा अध्यक्ष लिङ्देनले विभिन्न विषयमा जानकारी लिनुभयो । लिङ्देन राप्रपाबाट प्रतिनिधीसभामा निर्वाचित एकमात्र सांसद हुनुहुन्छ ।

स्थानीय तहमा उप–महानगरपालिका र महानगरपालिकामा राप्रपाबाट नगर प्रमुखको रुपमा विजयी डा. राणा पनि एकमात्र जनप्रतिनिधी रहनुभएको छ । राप्रपामा नेतृत्व परिवर्तनको अभियान चलाएर डा. राणा र लिङ्देनले महाधिवेशनमा लामो समयसम्म पार्टी अध्यक्ष रहनुभएका कमल थापालाई पराजित गर्न सफल हुनुभएको हो ।

राप्रपा अध्यक्ष राणाले नेपालगञ्जमा पार्टीका केन्द्रीय तथा प्रदेश र जिल्ला स्तरीय नेताहरुसँग पनि छलफल गर्नुभएको राप्रपाका युवा नेता विरेन्द्र रावतले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »