निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उप-महानगरपालिका निजामती कर्मचारी युनियनको अध्यक्षमा बस्नेत चयन

नेपालगन्ज , नेपालगन्ज उपमहानगरपालिका स्तरीय नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा जागेश्वर बस्नेत चयन भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा बस्नेत सर्बसम्मत अध्यक्ष चयन भएका हुन् ।

बस्नेत अध्यक्ष रहेको कार्यसमितिको उपाध्यक्षमा निबेश कुमार शर्मा चयन भएका छन् भने अमृता दर्लामी महिला उपाध्यक्ष चयन भएकी छिन् । कार्यसमितिको सचिवमा लक्ष्मी गौडेल चयन भएकी छिन् । कोषाध्यक्षमा आरती चौधरी चयन भइन् ।

सदस्यहरुमा बिर बहादुर थापा, पवन बुढा, मनोज रिजाल, सुदेश केसी, मालती बाल्मिकी, राजन कुमार थापा, धनकुमारी पुन र मोहन शर्मा रहेका छन् । अध्यक्ष बस्नेत नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »