निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा उद्योग व्यापार महोत्सव लाग्ने निश्चित्

नेपालगञ्ज , नेपालगञ्जमा उद्योग व्यापार महोत्सव लाग्ने भएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघले व्यापार महोत्सव लगाउने औपचारिक निर्णय गरेसँगै व्यापार महोत्सव लाग्ने निश्चित् भएको हो ।

यही माघ १५ गतेदेखि महोत्सव लगाउने निर्णय भएको उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले जानकारी दिए । महोत्सव २५ गतेसम्म लगाउनेगरी तयारी शुरु गरिएको छ ।

May be an image of 1 person, standing and flower

कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि नेपालगञ्जमा व्यापार महोत्सव लागेको छैन । अब्दुल वाहिद मन्सुरीले संघको नेतृत्व लिएसँगै भाइरस संक्रमणको महामारी फैलिएकाले संघले उद्योगी व्यवसायीको क्षेत्रमा पनि उल्लेखनीय काम गर्न सकेको छैन् ।

महोत्सवकै तयारी गर्नुपर्ने भएकाले संघले आफ्नो साधारणसभा समेत तत्कालका लागि स्थगित गर्दै यही पुष १७ गते स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको महासचिव ओलीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »